2024-04-26

Close

अप्पन समाचार जनकपुरधाम, ३ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताउनु भएको छ।

पार्टीले आजबाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्नु हुँदै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्र्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नु भयो,‘ मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मांगेको थियो तर अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन ।’

संविधानको संशोधन नभएसम्म मधेशी ,आदिवासी, जानजाति, दलित, मुश्लिम र महिलाले स्वतन्ताको अनुभूति गर्न नसक्ने उल्लेख गर्नु हुँदै उहाँले त्यसको लागि त्यसको पुनः संघर्षको आवश्यकता रहेकोले पार्टी संगठन विस्तार तथा सुदृढिकरणमा जुटेको बताउनु भया्े । अबको तीन महिना पार्टीलाई दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु हुँदै उहाँले अभियानमा नजुटने नेता कार्यकर्ताहरुको पार्टीले त्यही अनुरुप मुल्यांकन गर्ने भन्दै सचेत समेत गराउनु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभए सम्म समाजवादको परिकल्पना गर्न नसक्ने उल्लेख गर्नु भयो । उहाँले पार्टी भित्र रहेको गुट उपगुटलाई अन्त गर्दै पार्टीको महाअभियान संगठन विस्तार तथा सुदृढि करणमा जुटन निर्देशन दिनु भयो ।

कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं। २का मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण संगठनलाई टोल टोल सम्म विस्तार गरे मात्र समुन्नत संघीय समाजवादको परिकल्पनालाई साकार गर्न सकिने उल्लेख गर्नु भयो । संघीयता विरोधीहरु विभिन्न वाहानामा संघीयता समाप्त गर्ने षडयन्त्र गरि रहेको उल्लेख गर्नु हुँुदै मुख्यमन्त्री राउतले नेता कार्यकर्ताहरुलाई संगठित र अनुशासित हुँदै संघर्षको तैयारीमा जुटनु पर्ने बताउनु भयो ।

मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका महासचिव राम सहाय यादवले अभियानको उद्देश्य र प्रक्रिया बारे जानकारी गराउनु भएको थियो भने उपमहासचिव प्रकाश अधिकारीले विषय प्रवेश गराउनु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds