2024-04-28

Close

काठमाडौं । सांसदहरुले नेपाल-भारत खुला सीमाका कारण राष्ट्रिय सुरक्षामै असर गरेको भन्दै बन्द गर्न माग गरेका छन् ।

खुला सीमाकै कारण मानव तस्करी, लागू पदार्थ ओसारपसार निरन्तर भइरहेको, रोहिङ्ग्या लगायतका शरणार्थी समूह नेपाल आएको र पछिल्लो समय नेपालीहरु रुस र युक्रेन युद्धमा पुगेको उनीहरुले बताएका छन् ।

जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने खुला सीमा बन्द गर्ने निर्णय तत्काल गर्न नसक्ने बताएका छन् ।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको कुटाकुटबारे छलफल गर्न गृहमन्त्रीलाई बोलाएको थियो । छलफलका क्रममा सांसदहरुले खुला सीमाको विषय पनि उठाएका छन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले खुला सीमाका कारण भएका समस्याहरु सुनाए । ‘नेपालभित्र जो आएर बसे पनि हुने जस्तो छ’, उनले भने, ‘रोहिङ्ग्या शरणार्थीहरुलाई एउटा गिरोहले नेपाल ल्याउँछ । उनीहरु पनौतीमा बसेका छन् ।’

खुला सीमाकै कारण विदेशबाट समलिंगी तेस्रो लिंगीहरु समेत नेपालमा आएर दुःख दिइरहेको उनले बताए । ‘पत्यार लाग्दैन भने न्यूरोड जानुहोस्’ उनले अगाडि भने, ‘उनीहरुले पाखुरा समातेर, ब्याग खोल्न लगाएर बलजफ्ती असुल गरिरहेका छन् ।’

भृकुटीमण्डपमा आफू यस्तो घटनाको प्रत्यक्षदर्शी हुन पुगेको उनले सुनाए । ‘आरआर क्याम्पस अगाडि एउटा किताब पसलमा म छु । एउटा आयो, पसलेले पैसा दिएपछि गयो’, पन्तले भने । पैसा किन दिएको भनेर सोध्दा पसलेले ‘नदिए मनपरी गाली गरेर सराप्न थाल्छन् । त्यसपछि सारा मान्छे भीड हुन्छ र हेर्न थाल्छ । त्यो सुन्नुभन्दा केही दियो र पठायो’, भनी जवाफ पाएको उनले सुनाए ।

नेपाल-भारत खुला सीमाकै कारण माग्न समेत नेपाल आएको भन्दै एमाले सांसद पन्तले भने, ‘स्वयम्भुमा माग्नेहरुको तीन पुस्ता देखाइदिन्छु । हजुबुबा हजुरआमा, छोरा, बुहारी र नाति नातिना समेत माग्न बसेको हुन्छ ।’

नेपालबाट भएका महिला तस्करीमा समेत खुला सीमाको प्रयोग भएको भन्दै उनले भने, ‘जो आएर जे गरे पनि हुने हो ? अब बोर्डर खुला राख्नु हुँदैन ।’

सन् १९५० को सन्धि विपरीत भारतले एकतर्फी रुपमा नेपालीहरुसँग परिचयपत्र माग्ने गरेको भन्दै उनले गम्भीर रुपमा निर्णय लिन सरकारलाई आग्रह गरे । भारतले चाहेको बेला कडाइ गर्ने गरेको भन्दै उनले भने, ‘हामीले चाहिँ किन नगर्ने ?’

राप्रपाका सांसद बुद्धिमान तामाङले पनि खुला सीमाको फाइदा उठाएर नेपालमा तेस्रो लिंगीहरु आएको र नेपालीहरुलाई दुःख दिइरहेको गुनासो गरे ।

‘ठमेलतिर त्यस्तै छ । गोपीकृष्ण हल एरियामा समेत बेलुकी ९ बजेपछि हिड्न गाह्रो छ’ उनले अगाडि भने, ‘तेस्रोलिंगीले मान्छेलाई दुःख दिएर हैरान गर्छन् ।’

उनले रोहिङ्ग्याहरु कपन एरियामा समेत रहेको बताए । उनले प्रश्न गरे, ‘त्यस एरियामा को आएर बसिरहेको छ भन्ने नेपाल सरकारको जानकारीमा छ कि छैन ?’

उत्तरी (चीन) सीमाबाट समेत अवैध रुपमा विदेशीहरु नेपाल भित्रिरहेको बताए । तर अनुहार लगायतका कारण उनीहरुलाई सहजै चिनिने गरेको तामाङले सुनाए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल अवैध कारोबारको हब बन्दै गएको बताए । सीमा नियन्त्रित नभए अवैध कारोबार अझ बढ्ने र यसले नेपालको अर्थतन्त्रमा समेत असर पार्ने उनको बुझाइ छ ।

नेपालमा अवैध कारोबार मौलाए छिमेकी मुलुकहरु प्रभावित हुनसक्ने र त्यसलाई देखाएर नेपालसँगको सम्बन्धमा थप आशंका गर्ने अवस्था आउन सक्ने उनको चिन्ता छ ।

‘जुनसुकै कोणबाट हेर्दा पनि खुला सीमा नेपालको सन्दर्भमा कमजोरी बन्दैछ । यसलाई तत्काल नियन्त्रित गर्नुपर्ने देखिन्छ’ उनले भने, ‘केही नभएपछि नेपाल र भारत आवत जावत गर्नेहरुको रेकर्ड राखौं ।’

एमाले सांसद पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारितामा जोड दिए । सीमा, विमानस्थल, भिसा लगायतलाई सम्बोधन गर्ने गरी राष्ट्रिय सुरक्षा नीति बन्नुपर्ने उनले बताए ।

त्यस्तो नीति सँगसँगै सीमा क्षेत्रमा पर्याप्त चेकजाँच केन्द्र बनाउनुपर्नेमा उनको जोड छ । एमाले उपमहासचिव गुरुङले भने, ‘एउटा स्पष्ट नीतिका साथ अगाडि बढ्ने र पर्याप्त चेक प्वाइन्टहरु सीमा क्षेत्रमा राख्ने हो भने धेरै समस्याहरु हल हुन्छन् ।’

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सीमामा समस्या रहेको स्वीकार गरे । तर, सांसदहरुले भने माग गरेजस्तो तत्काल नेपाल भारत खुला सीमा बन्द गर्ने निर्णयमा सरकार पुग्न नसक्ने जवाफ दिए ।

नेपाल भारत सीमा खुला सीमा बन्द गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको भएपनि कुनै पनि सरकारले निर्णय गर्न सक्ने अवस्था नभएको उनले बताए । ‘हामीमध्ये ककसले कतिबेला के-के भन्यो हौला, तर सरकारको तर्फबाट म नेपाल र भारतको बोर्डर क्लोज गरिन्छ भन्ने स्थितिमा छैन ।’

तर खुला सीमाका कारण भएका समस्याहरुलाई गम्भीरतापूर्वक लिएको उनको दाबी छ । साथै भारतीय पक्षले नेपालीहरुसँग परिचयपत्र माग गरेको विषयमा परराष्ट्र मन्त्रालयसँग समेत संयुक्त छलफल भएको उनले जानकारी दिए ।

‘ओपन हुनुको अर्थ नियन्त्रणमा ध्यान नदिने भन्ने होइन । यसको निम्ति कूटनीतिक ढंगबाट कुरा गर्नुपर्छ । हामी कुरा गरिरहेका छौं’, गृहमन्त्री श्रेष्ठले भने, ‘उहाँहरुले हाम्रा नागरिकको परिचयपत्र माग्नुहुन्छ भने हामीले किन नमाग्ने ?’

तर सरकारले एकपक्षीय निर्णय नगर्ने उनले बताए । कूटनीतिक सम्वादबाटै सीमा समस्याको सम्बन्धमा निष्कर्षमा पुग्न निरन्तर पहल गरिरहेको उनको दाबी छ ।

नेपाल–भारत खुला सीमाकै कारण माग्न समेत नेपाल आएको भन्दै एमाले सांसद पन्तले भने, ‘स्वयम्भुमा माग्नेहरुको तीन पुस्ता देखाइदिन्छु । हजुबुबा हजुरआमा, छोरा, बुहारी र नाति नातिना समेत माग्न बसेको हुन्छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds