भठियनमा यादव चोकको बोर्ड लगाउँदा विवाद-प्रहरीले गोली चलाइयो, ३ जना घाइते

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ९ भठियनमा यादव चोक नामाकरण गरेको विषयमा दुई पक्षबीच झडपपछि प्रहरीले गोली चलाएको छ ।

स्थिति अनियन्त्रित बनेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर स्थानीय २२ वर्षीय सन्तोष यादव घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिदैछ ।

बिज्ञापन

स्थानीयका अनुसार प्रहरीले दुई राउण्ड गोली र आश्रुग्यास हानेका छन् । अहिले पनि अबस्था तनावपूर्ण रहेको छ ।
झडपमा समेत अन्य दुईजना घाइते भएका छन् ।

एक पक्षले यादव चोक नामाकरण गरेपछि अर्को पक्ष आइतवारदेखि विरोधमा उत्रेका छन् । आइतवार पनि दुई पक्षबीच झडप हुँदा प्रहरीले आश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिएको थियो ।