2024-04-19

Close

जनकपुरधाम । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत अन्तर्गत जनकपुरधाममा कुस्तीका सम्पूर्ण खेलहरु सम्पन्न भएको छ । कुस्ती प्रतियोगितामा भने भारतका खेलाडीहरुले आफ्नो दबदबा देखाएका थिए ।

कुल २० स्वर्णका लागि भएको कुस्ती प्रतियोगितामा भारतका खेलाडीहरुले १४ वटा स्वर्णमा कब्जा जमाउन सफल भएको हो । भारतले १४ खेलका लागि सहभागिता जनाएकोमा १४ वटै खेलमा स्वर्ण पदक जित्न सफल भएको छ ।

नेपालले भने कुल २० वटै खेलमा सहभागिता जनाएको थियो । तर नेपाललाई १ स्वर्णमा मात्रै चित्त बुझाउनु परेको छ । नेपालका लागि संगिता धामीले स्वर्ण दिलाउन सफल भएकी थिइन् । ५५ तौल समूहको प्रतियोगितामा धामीले बंगलादेशकी सार्कर रिमीलाई पराजित गरी स्वर्ण पदक प्राप्त गरेकी थिइन् ।

नेपालले कुश्ती प्रतियोगितामा १ स्वर्णका अतिरिक्त ४ रजत पदक र ८ कास्य पदकमाथि कब्जा जमाउन सफल भएको हो । भारतका लागि ५७ किलो तौल समूहमा सरिता, ५९ किलो समूहमा अंशु, ६१ किलो समूहमा रविन्द्र, ६२ किलो समूहमा साक्षी मलिक, ७६ किलो समूहमा गुरशरण, ८६ किलो समूहमा पवन कुमार, १२५ किलो समूहमा सुमित, ९७ किलो समूहमा काडियन सत्यावाली लगायत १४ खेलाडीले स्वर्ण पदक जित्न सफल भएको हो ।

यता पाकिस्तानी खेलाडीहरुले ३ स्वर्णमा कब्जा जमाउन सफल भएको छ । पाकिस्तानका लागि ७० केजी तौले समूहमा इन्यात उल्लाह ७९ किलो तौल समूहमा अबदुल रहमानले स्वर्ण पदक जितेका छन् ।

श्रीलंकाली दुई खेलाडीले सागको कुश्ती प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् । श्रीलंकाका लागि ६५ किलोग्राम समूहतर्फ श्रीलंकाकी दिलहानी , ७२ किलोग्राम समूहतर्फ अयोमीले स्वर्ण पदक जितेका थिए ।

नेपाललाई स्वर्ण दिलाउने संगीताको संघर्ष
संगीता धामीले बंगलादेशकी रीमी सरकारलाई ५–१ ले पराजित गर्दै नेपाललाई कुश्ती खेलमा पहिलो पटक ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भएकी हुन् ।

तर संगीताकालागि सागमा छनौट भई स्वर्ण पदक विजेता बन्नु सामान्य होईन । सुदुरपश्चिम प्रदेशको कंचनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ३ नौलाखेत तिलकपुर घर भएकी १९ वर्षीया उनी अहिले स्नातक तहको शिक्षा संकाय अन्तर्गत स्वास्थ शिक्षा लिएर प्रथम वर्षमा अध्ययनरत छिन् ।

अध्ययन र खेलको जिम्मेवारी संगसंगै पूरा गरिरहेकी संगीतालाई कक्षा १० देखि नै विभिन्न खेलहरुमा अभिरुची थियो । विद्यालयस्तरमा जुनसुकै खेल हुँदा उनी पहिलो रोजाईमा पर्ने गर्थिन् ।

कक्षा १० मै अध्ययन गरिरँहदा विद्यालय स्तरीय कुश्ती प्रतियोगिताका लागि प्रशिक्षकहरुले विद्यालय÷विद्यालयमा गई विद्यार्थीहरुलाई भाग लिनका लागि प्रस्ताव राख्ने गरेको संगीताले थाहा पाईन् जसका लागि आफु समेत कुश्ती खेल्ने ईच्छा उनले प्रशिक्षकहरु समक्ष व्यक्त गरिन् ।
र उनलाई लक्ष्मी खत्री र राजेन्द्र चन्द भन्ने प्रशिक्षकले कुश्ती खेलका लागि छनौट गरे यहीँबाट सुरु भयो संगीताको कुश्ती यात्रा ।
सामान्य परिवारमा जन्मेकी संगीता सहित उनको अन्य तीन दिदी बहिनीको लालन पालन आमाले नै गर्दै आएकी छिन् ।
संगीता भन्छिन् ‘बुवाबहिनी सानै छँदा आमालाई छोडेर अन्त जानुभयो, त्यसयता देखि आमा नै हाम्रो लागि सबैथोक हो, आमाले भैँसी पाल्नु भएको छ दूध बेचेर हाम्रो शिक्षा दिक्षा पूरा गर्नुहुन्छ ।’

३ जना छोरी मात्रै भएपछि बुवाले संगीताकी कान्छी बहिनी गर्भमै रह्दा छोडेर गईसकेपछि आमाले नै घरपरिवार चलाउँदै आएकी छिन् ।
दूध बेचेरै घरपरिवार चल्दै आएको संगीताको कहिले काही घर–घरमा दूध पुर्याउँदा पुर्याउँदै कलेज जान अबेर समेत हुन्थ्यो तर पनि उनले न अध्ययन छोडिन् न त छोरी हुनुको कर्तव्य नै ‘दूध बेचेर कलेज पढ्न जाँदा साथीहरु दूधबाली भनेर जिस्क्याउँथे, एकदमै नराम्रो लाग्थ्यो संगीताले भावुक हुँदै भनिन् ।

अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको १, राष्ट्रिय स्तरको २ र घरेलु स्तरको ३ गरी जम्मा ६वटा स्वर्ण पदक जितिसकेकी संगीताको कुश्तीमा भए कुश्तीकै राम्रो खेलाडी बनेर भविष्य उज्जवल बनाउने सोच छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds