2024-04-26

Close

काठमान्डौ : पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई शुक्रबार राति ललितपुरस्थित नक्खु जेल चलान भएका छन्। शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो। अदालतले आलमलाई सुरक्षाको दृष्टिकोणले उपयुक्त कारागारमा राख्न आदेश दिएकाले नक्खु कारागार चलान गरिएको हो। जिल्ला अदालत रौतहटका न्यायधीश दीपक ढकालले १२ वर्षअघि भएको बम बिस्फोट घटनाका घाइतेलाई इँटा भट्टामा जलाइएको आरोप लागेको आलमलाई थुनामा राख्न आदेश दिएका थिए।

जाहेरवाला, पीडित र सरकारका साक्षीहरुको सुरक्षा प्रदान गर्नुको साथै आवश्यकताअनुसार संरक्षण गृहमा राख्न अदालतले आदेश दिएको छ। थुनछेक बहसपछि शुक्रबार अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई प्रतिकूल प्रभाब पार्न सक्ने भएकाले कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ। आलमसहित ११ जना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरे पनि अन्य १० जना अझै फरार रहेका छन्।

जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले अदालतले कर्तव्य ज्यान, बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगको आरोपित आलमलाई मुद्दाको विशेषता, गम्भीरता, संवेदनशीलतालाई ध्यानमा राख्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ ख बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको जनाएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds