2024-03-29

Close

श्याम गुप्ता
बारा ।  बारा क्षेत्र नम्बर २ मा आइतवार भएको उपनिर्वाचनमा मंसिर ४ मा खसेको भन्दा बढी मतदान भएको छ ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको हाे ।
यस अघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा ६३ प्रतिशत मत मात्रै खसेको थियो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले दुई प्रतिशत मत बढी खसेको जानकारी दिए ।
जिल्लाको ६ वटा स्थानीय तहको ४४ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका थिए ।
उक्त मतदाताबाट ६८ हजार आठ सय ८७ मत खसेको र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन् । उपाध्यायले निर्वाचन क्षेत्रको कुँनै पनि स्थानमा विवाद नभएको बताए ।
उपाध्यायले विवाद रहित ढंङ्गले निर्वाचन सम्पन्न भएको बताए पनि केही मतदान केन्द्रमा भने विवादको स्थिती देखिएको थियो । देवताल गाँउपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रमा नक्कली मत-पत्र सहिँत जनता समाजवादी पार्टीका नेता रामसागर यादव पक्राउ पर्दा केही समय मतदान रोकिन पुगेको थियो ।
यादवले मत खसाल्ने क्रममा खल्तीबाट अर्को मत-पत्र झिक्दै मतपेटिकामा खसाल्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए ।
उनलाई नियन्त्रणमा लिए लगत्तै जसपाका नेता कार्यकर्ताले विरोध जनाएका थिए । सो क्रममा केही समय विवादको स्थिती भएको थियो ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, बारामा लगेको थियो ।
निर्वाचन सम्पन्न भए पछि यादवलाई रिहा गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
मतदानको क्रममा निर्वाचन क्षेत्रबाट अन्य तीन जना समेत पक्राउ परेका थिए । मतदान आचारसंहिता विपरित गतिविधि गरेको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरु समेत रिहा भएका छन् ।
निर्वाचन क्षेत्रको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रको केही मतदान केन्द्रमा विवाद भएको थियो । यस्तै महागढीमाई नगरपालिका वडा नम्बर २ को इनर्वा स्थित मतदान केन्द्रमा भने मतदान अधिकृतले नैं सञ्चारकर्मीलाई मतदान केन्द्र परिसरमा प्रवेश गर्न रोक लगाएका थिए । त्यहि क्रममा त्यहाँ रहेका जसपाका नेता कार्यताहरुले सञ्चारकर्मीहरु माथी हुलहुज्जत गरि दुव्र्यवहार गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds