2025-04-28

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकस्थित रहेको विदेह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संजीत मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार जिल्ला प्रहरी कार्यालय धनुषाले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।

विदेह नगरपालिका वडा नम्बर ५ मुडिवा टोल बस्ने स्थानीय संजीत कुमार मण्डल विदेह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भएर २ करोड बढी रकम लिएर भागेको आरोपमा पक्राउ परेको जनाइएको छ ।

सोही गाउँका स्थानीय एवम् बचतकर्ता बीरेन्द्र कुमार मण्डलले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गरेको हो । रकम हिनामिना र बचतकर्तालाई ठगेको भन्दै बीरेन्द्र मण्डलले उनीमाथि मुद्दा दिएका थिए । सोही मुद्दामा जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि पक्राउ गरिएको हो ।

अध्यक्ष मण्डलमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको रेडर्क देखिएको छ । विदेह ५ बस्ने मानैर ठाकुर बरहीको हत्या प्रकरणमा उनीमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको बताईएको छ । सो मुद्दामा एक जना भने जेलमा रहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर