जनकपुरधाम । प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद दुर्गानन्द झाको शालिकमा चप्पल प्रहार गर्ने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २३ का ४४ वर्षीय रतन महतो छन् । जनकपुरधाम २३ मै रहेको शहीद झाको शालिकमा चप्पल प्रहार गरेको भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
महतोलाई गाउँबाटै पक्राउ गरेको र आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।
१८ वर्षकै उमेरमा राजा महेन्द्रले चढेको गाडीमा जनकपुरधाममा बम प्रहार गर्दा झालाई मृत्युदण्ड दिइएको थियो ।