2025-07-13

Close

जनकपुरधाम । डिभिजन वन कार्यालय धनुषाले जिल्लाका कमला नगरपालिका र मुखियापट्टि गाउँपालिकाका अग्नि पीडितहरुलाई साल जातको काठ निःशुल्क वितरण गरेको छ ।

वन मन्त्री संजय यादवको प्रमुख आतिथ्यमा आज विहान सम्पन्न एक कार्यक्रमका वीच कमला र मुखियापट्टिका २३ जना अग्नि पीडितहरुलाई काठ वितरण गरिएको डिभिजन वन कार्यालय धनुषाका अधिकृत अनिलकुमार साहले जानकारी दिएका छन् ।

काठ वितरण समारोहमा धनुषा जिल्ला वन अधिकृत विनोद सिंह, वन मन्त्रालयका सचिव उद्धववहादुर घिमिरे, निर्देशक जग्गनाथप्राद जैसवाल, मन्त्रालयका महाशाखा प्रमुख अञ्जना कायस्थ, कमला नगरपालिकाका मेयर विशेश्वर यादव उपस्थित रहेका थिए ।

काठ वितरण समारोहलाई सम्वोधन गर्दै वन मन्त्री यादवले मधेश प्रदेशका अग्नि पीडितहरुलाई काठ उपलव्ध गराई दिनकालागि सम्वन्धित वन कार्यालयहरुलाई निर्देशन दिएका थिए । उनले भने–‘समस्यामा परेका आम जनतालाई राहत दिनुपर्छ, जनतालाई सक्दो सहयोग तपाईहरु गरिदिनुस ।’ मधेश प्रदेशमा वनको संरक्षण सम्वद्र्धन गर्ने जिम्मेवारी सम्पूर्ण मधेश प्रदेशवासीको रहेको बताउँदै मन्त्री यादवले संरक्षण सम्वद्र्धन संगै वृक्षरोपण कार्यमा समेत सम्पूर्ण मधेशवासी अग्रसर हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला वन अधिकृत सिंह, सचिव घिमिरे, निर्देशक जैसवाल, महाशाखा प्रमुख कायस्थ, मेयर यादव लगायतले आम जनतालाई सक्दो सहयोगको भावना राख्न सम्वन्धीत निकायहरुको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर