जवर्जस्ती करणी तथा गर्भपतन आरोपमा डाक्टर पक्राउ

जनकपुरधाम । महोत्तरीको बर्दिवासबाट प्रहरीले जवर्जस्ती करणी तथा गर्भपतन मुद्दाका आरोपित डा.प्रविण मिश्रलाई पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दिवासले डा.मिश्रलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।

बिज्ञापन

जवर्जस्ती करणी तथा गर्भपतन मुद्दामा महोत्तरी जिल्ला अदालतबाट साउन ५ गते प्राप्त पक्राउ अनुमति पत्रअनुसार सर्लाही बलरा घर भइ बर्दिवासस्थित डीएनबी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय डा.मिश्रलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

डा.मिश्रलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिने उनले स्पष्ट पारे । डा.मिश्रले १६ वर्षीया किशोरीको गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भइ अचेत भएका थिए ।

१० हप्ताको गर्भपतन गराएकी किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिवासमा जवर्जस्ती करणीको उजुरी दिएका छन् ।

किटानीसहितको उजुरी दर्ता भएपछि अरोपितलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा चिकित्सकमाथि कम उमेरकी किशोरीलाई प्रक्रिया पूरा नगरी घटना लुकाउन गर्भपतन गराएको खुलेको महोत्तरी प्रहरीको भनाइ छ ।