

जनकपुरधाम । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले जनकपुरस्थित कृष्ण मन्दिरको दर्शन र भगवान श्रीकृष्णको पूजा अर्चना गरी प्रसाद ग्रहणसमेत गर्नुभएको छ ।
आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा अर्चनाकालागि नेता अरगरियासहित जनकपुरस्थित कृष्ण मन्दिर पुग्नुभएको थियो ।
बिज्ञापन



कृष्ण जन्माष्टमीमा जनकपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । नेता अरगरियालाई कृष्ण मन्दिरमा गोपाल सेवा समितिका केन्द्रीय अध्यक्ष बजरंग यादव र गोपाल सेवा समितिका जिल्ला अध्यक्ष अन्केश्वर यादवलगायत जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।
