2024-05-17

Close

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज समय निक्कै छिटो दौडिएको बताउनुभएको छ ।

जिफण्टले आयोजना गरेको नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औँ वार्षिक उत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेको बताउनुभयो । उहाँले आज समय छिटो दौडिएकोले आफू कार्यक्रममा आउन ढिलो भएको बताउनुभयो ।

‘देशमा परिवर्तन आएको छ, परिवर्तन हुन्छ, जे सुकै परिवर्तन भए पनि हामी मिसन २०८४ छाड्दैनौँ, नेकपा एमालेलाई निर्णायक शक्तिमा परिणत गर्ने उद्देश्यका साथ मिसन २०८४ भनिएको हो’, उहाँले भन्नुभयो ।

राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको संरक्षण तथा विकास र समृद्धि हुने उहाँले बताउनुभयो । यथास्थितिवादी शक्ति र प्रतिगामी शक्ति निर्णायक भए भने देश अप्ठेरोमा पर्ने ओलीले प्रष्ट पार्नुभयो ।
ओलीले एमाले नयाँ राजनीतिक हिसाबले अघि बढ्न खोजेको बताउनुभयो ।

आज केही नयाँ परिवर्तन हुने उहाँले कार्यक्रमका सहभागीलाई जानकारी दिनुभयो ।‘आज पक्कै केही परिवर्तन हुन्छ भन्ने मैले विश्वास लिएको छु’, ओलीले भन्नुभयो ।

ओलीले मानव समाज गरिबी निवारण र अभावबाट उन्मुक्ति तर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । मानवतावादी र समाजवादी दृष्टिकोणले मान्छे कोही पनि गरिब हुनुहुँदैन भन्ने परिभाषा गरेको ओलीले गर्ने प्रष्ट पार्नुभयो । तर कतिपय विकसित भनिएका मुलुकमा समेत गरिबिको रेखामुनिका जनता रहेका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘जनता पहिलो भन्ने दृष्टिकोणबाट गयो भने गरिबी निवारण ठुलो कुरा होइन’, उहाँले भन्नुभयो ।

अहिले समाजको एउटा उल्लेख्य हिस्सा गरिबिको रेखामुनि रहेको ओलीले बताउनुभयो । श्रमिक र तल्लो वर्गको हितका लागि ट्रेड युनियनको आन्दोलन निक्कै प्रभावकारी भएको ओलीले बताउनुभयो । आइएलओको सिद्धान्तमा आधारित भएर नै जिफण्टेले आफ्ना माग र आन्दोलन उठाएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

अध्यक्ष ओलीले अहिले राजनीति मात्र फेरिएको नभई आर्थिक सामाजिक अवस्था पनि फेरिएको बताउनुभयो । यो बिचमा समाजमा धेरै कुरा परिवर्तन भएका ओलीकीको भनाइ छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds