

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका नेतृत्वलाई जनमत पार्टीका युवा नेता रमन यादवले कडा प्रश्न उठाएका छन् ।
नगर प्रमुख दिनेशप्रसाद यादव र वडा अध्यक्षहरुमाथि आक्रोश व्यक्त गर्दै उनले तीन वर्ष चार महिनाको कार्यकालमा कुनै ठोस काम नगरेको आरोप लगाएका हुन् ।



उनका अनुसार वडा कार्यालयमा वडा सचिवको व्यवस्था नभएको, वडा स्वास्थ्य चौकीमा औषधि नपाइने, नगरपालिकामा आवश्यक कर्मचारी नहुने र कृषि सहकारीमा खाद्य अभाव रहने जस्ता समस्या समाधान गर्न नगर नेतृत्व असफल भएको छ ।

तपाईँहरुको चुनावी एजेन्डा शिक्षा, स्वास्थ्य, रोजगार र किसानका समस्या सम्बोधन गर्ने भन्ने थियो । तर, तीन वर्ष चार महिनामा कुन काम गर्नुभयो?? उनले प्रश्न गरेका छन् ।
युवा नेता रमन यादवले शहिदनगर नगरपालिका नेतृत्वलाई अब नाटक देखाएर जनतालाई छल्न नसक्ने चेतावनी दिएका छन् । उनका अनुसार पाँच वर्षको कार्यकाल नेकपा माओवादी नेतृत्वमा नाटकमै बित्यो भने वर्तमान पालिका नेतृत्वले समेत जनताको आशा पूरा गर्न नसकेको स्पष्ट हुँदै गएको छ ।
अब युवाको पालो आउँदैछ । हामी हहिदनगरलाई नयाँ ढंगले बनाउन तयार छौँ, उनले भने ।