2024-05-04

Close

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराएको घटना सार्वजनिक भएको छ ।

गत पुष २७ गते शुक्रबार राती ११ बजे १० जनाको जत्था लिएर गोलबजारका अधिकृत केसी वडा नम्बर ७ स्थित गणपति पेट्रोल पम्पमा रहेको एक चमेनागृहमा पुगे । चमेनागृहमा मुढा सल्काएर आगो ताप्ने बनाइएको छ ।

अगेना वरिपरी बसेर अधिकृत केसी दलबलसहित मदिरापान गर्न थाले । त्यही अवसरमा छरछिमेकका ४ जना युवाहरुले चमेनागृहको छेउमै रहेको अर्को एक चिया पसलको वरण्डामा बसेर चिया अर्डर गरे । चिया पिउन आएका युवा मध्ये एक जनाले चुरोट सल्काउन अधिकृत केसी बसेको ठाउँमा पुगेपछि बिबाद सुरु भयो ।

चुरोट सल्काउन अगेनो छेउमा पुगेका परमानन्द सदा भन्छन् उनीहरुले यहाँ ठूला मान्छेहरु खानपिन गर्न आएका छन् । तिमीहरु यहाँबाट जाउ भनेर आदेश दिए । हामी यता छेउमा बसेर चिया खान्छौं हजुरहरु इन्जोए गर्नुहोस् भन्यौ तर अधिकृत केसीको निकटम मित्र ज्ञान कुमार श्रेष्ठले तिमीहरु यहाँ किन आएको ? तुरुन्त यो ठाउँबाट गइहाल भनेर उर्दी लगाए ।

चिया पिउन गएका मध्ये ललित महतोले प्रतिवाद गरे । तपाईहरु यहाँ बसेर रक्सी खान हुने हामीले चिया खान नहुने ? होटल त सार्वजनिक स्थान हो । ललित महतो भन्छन् हामीले प्रतिवाद गरेको अधिकृत केसीसँग आएका दलबलका नाइके ज्ञान कुमार श्रेष्ठलाई मन परेन । उनले हामीलाई झम्टिन खोजे । उनीसँग भएका सबै केटाहरु जाइलाग्न खोजे । हामी त्यहाँबाट भाग्यौं । सिंहले थपे – हामी ४ जना मात्र थियौं उनीहरु १० जनाभन्दा अधिक थिए । फोन गरेर थप केटाहरु पनि बोलाउन थाले । हामी भाग्न थाल्यो उनीहरु दपेट्दै करिब सय मिटर पश्चिम हाम्रो टोलसम्म पुगे । हामी नभागेको भए कुटककुट हुन्थ्यो ।

यस विषयमा अधिकृत केसीसँग सम्पर्क गर्दा हुन सकेन । उनलाई जहिल्यै फोन गर्दा उठ्दैन । त्यहाँका एक कर्मचारी भन्छन्– अधिकृत केसी सर अपरिरित नम्बर रिसिभ गर्नुहुन्नँ ।

यस प्रसंगमा सिरहाका प्रहरी प्रमुख टेकुनन्द इवालिम्बुसँग जिज्ञाशा राख्दा उनले भने– त्यहाँ त्यस ठाउँमा रात्रीकालिन समयमा जमघट हुँदोरहेछ । त्यसलाई तुरुन्त नियन्त्रण गरिने छ । जोसुकै होस् जाँड खाएर होहल्ला गरेको पाइएमा पक्रेर थुन्नु भनेर मातहतका प्रहरी कार्यालयमा आदेश गरेको छु ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds