

जनकपुरधाम । जनकपुरधाम – १४ रलौलस्थित रहेको रंजनादेवी यादव र राजेन्द्र साह तेलीको जग्गाबाट रामबरण पासवानको नेतृत्वमा यस्तो विषम परिस्थितिमा राती बाटो निर्माण गरेका छन ।
जग्गा धनी यादव र साहको नाममा रहेको उक्त जग्गामा एक हप्ता अगाडि पर्खाल लगाएर धनी घर फर्के पछि करिव ८ बजे राती रामवरण पासवानको उस्काहटमा राजकुमार साह, जनमतका कार्यकर्ता भन्ने लक्ष्मण यादव, सुरेन्द्र रायलगायत दर्जनौं युवाहरुले पर्खाल भत्काए संगै ईटा चोरी गरेको आरोप जग्गा धनी यादव र साहले लगाएका छन ।
आज साझ १०/ १५ जनाको समुहमा आएको व्यक्तिले जबर्जस्ति माटो पुरेर बाटो निर्माण गरेको छ । कसैको निजि जग्गामा बाटो निर्माण गर्दा जग्गा धनीको अनुमति लिनुपर्ने हुन्छ । तर यिनीहरु चोर जस्तो राती राती बाटो निर्माण गरेको पीडित जग्गा धनीको गुनासो रहेको छ ।
विषम परिस्थिति कर्फ्युको अवज्ञा गर्दै उक्त समूहले व्यक्तिहरुले जग्गामा जबर्जस्ति बाटो निर्माण गर्दा जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराएको जग्गा धनीको भनाई रहेको छ ।




