2024-04-25

Close

कृष्णा यादव
वीरगंज – पर्सा प्रहरीले सिमानाका हुने अवैध गतिविधि रोक्न कडाई गरेपछि अहिले बाराको विभिन्न नाकाहरुवाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ।

बारा जिल्लाका विभिन्न नाकाहरुवाट सस्थागत रुपले हुँदै आएको तस्करी केही दिन बन्द रहे पनि सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख एवम डिआईजी गणेश ठाडा मगरले बारा जिल्लामा सशस्त्र प्रहरीद्वय अशोक साह र सागर झालाई घुमुवा परिचालन गरि तस्करहरुसंग मोटो रकम असुली गरेको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख गणेश ठाडा मगरले हेडक्वाटरको निर्देशन विपरीत सशस्त्र प्रहरी हवलदार अशोक साह र सागर झालाई घुमुवा परिचालन गरि बारा जिल्लावाट व्यापक रुपम तस्करी गराउनको लागि छुट दिएका छन्।

सशस्त्र प्रहरी डिआईजी मगरको घुमुवाहरुको मार्फत नै बारा जिल्लाका मटिआर्वा ,जोतपुर, बसतपुर, तिलकुवा, कचौरवा, गोलागंज ,खजानी , पथलवाघाट, सिम्रौगंढ, गोलागंज, क्वोहिगोठी, छतवा लगाएतका नाकाहरुवाट अहिले ठुलो मात्रामा तस्करी भैरहेको छ ।

डिआईजी मगरको घुमुवाहरुसंगको मिलोमतोमा गोलागंज नाकावाट तस्करी कपडाको तस्करी गर्ने भोला संदीप शयामसुन्दर , उमेश, हाडयेवर व्यापारी उपेन्द्र, मास्टर, पिपरपाती नाकावाट कपडाको काम गर्ने मिश्रीलाल, बेलदारी नाकावाट कपडाको काम गर्ने खेन्ना र लालबाबु र मटिआर्वावाट रामअयोध्या, प्रेम किराना , मनाङ्ग कपडा व्यापारी छतवा नाकावाट कपडा, जुत्ता चप्पल व्यापारी भोला लगाएतको तस्करहरुले घुमुवाहरु मार्फत डिआईजी साहेब नाऊंमा आफुहरुले रकम दिदै आएको नाम उल्लेख नगर्ने सर्तमा एक कारोबारीहरुले बताएका छन्।

त्यसै गरि यी द्वय घुमुवाहरुले माथि परिचित रहेका तस्करहरु शीत डिआईजीको नाममा मात्र नभई सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाको भाग समेत यिनीहरुले तस्करहरुसंग मोटो रकम असुली गरि थापा सम्म पुर्‍याउने गरेको स्रोतले दाबी गरेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds