सिर्फ अध्यक्ष फेर्ने कुरा Cosmetic (सजावटी) परिवर्तन मात्र हो, जबसम्म नियत, प्रणाली, र संस्कार परिवर्तन हुँदैन, तबसम्म कुनै पनि दल सुध्रिँदैन

जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव संजय चौधरीले “परिवर्तनले राजनीति शुद्ध हुँदैन, नियत र पद्धति परिवर्तन जरुरी छ” भन्ने आज विगतको कुरा मात्र बनेको टिप्पणी गरेका छन् । उनका अनुसार अहले सबै दलभतित्र एउटा बहसको विषय बनेको छ ।
“अध्यक्ष परिवर्तनले राजनीति शुद्ध हुँदैन, नियत र पद्धति परिवर्तन जरुरी छ । हरेक दलले स्वयंभित्र शुद्धिकरण सुरु गर्नु पर्छ—सम्पत्ति पारदर्शिता, आचरणको मूल्याङ्कन र व्यवस्थागत सुधारमार्फत । जब सम्पूर्ण दल सुध्रिन्छ, त्यतिबेला मात्र जनता र देशको भविष्य उज्यालो हुन्छ ।”

सिर्फ अध्यक्ष फेर्ने कुरा Cosmetic (सजावटी) परिवर्तन मात्र हो, जबसम्म नियत, प्रणाली, र संस्कार परिवर्तन हुँदैन, तबसम्म कुनै पनि दल सुध्रिँदैन

बिज्ञापन

समस्या यो छ :-
• दलभित्र दोष अध्यक्षमाथि मात्रै थोपर्ने प्रवृत्ति छ, तर वास्तवमा समस्या नेतृत्व मात्र होइन, पूरे संरचना र संस्कार मा छ ।
• उही अवसरवादी पात्रहरू नेतृत्व बदलिँदा पनि पुनः शक्तिमा फर्किन्छन्–किनभने प्रणाली उस्तै छ ।

समाधान मेरो सोंचले :-
१. नियत (Intention) परिवर्तन:
• केवल नेताको हैन, सम्पूर्ण पार्टी संरचना भित्रको मानिसहरूको सोच र उद्देश्य बदलिनु पर्छ ।
२. विधि र पद्धतिमा आधारित राजनीति:
• व्यक्ति केन्द्रित होइन, संस्था केन्द्रित कार्यपद्धति ।
• नियम सबैका लागि बराबर लागू हुने—चाहे अध्यक्ष होस् या वडा सदस्य ।
३. संपत्ति विवरण अनिवार्य :
• अध्यक्षदेखि वडास्तरसम्म सबैले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ ।
• नयाँ सदस्य बन्न खोज्नेले पनि सुरुवातमै विवरण दिनुपर्छ ।
४. समाजिक आचरणको मूल्याङ्कन :
• पार्टी प्रवेश, टिकट वितरण वा नियुक्तिमा चरित्र, ईमानदारी, जनसेवा भावना जस्ता पक्ष हेर्ने ।
५. राजनीति गर्नेको वर्गीकरण :
• पूर्णकालिक सदस्य : जसको तलब पार्टीले दिन्छ, उनीहरूको जीविकोपार्जन पारदर्शी हुन्छ ।
• अर्धकालिक सदस्य : जो अन्य पेशामा पनि आवद्ध छन् ।
६. जनतालाई स्पष्ट मार्गचित्र :
• दलहरूले जनतालाई यथार्थमा आधारित, प्राप्त गर्न मिल्ने लक्ष्य सहितको मार्गचित्र दिनुपर्छ—नारावादी होइन, कार्यनीतियुक्त ।