

जनकपुरधाम । पार्किङ शुल्क उठाउने नाममा ठेकेदारले जनकपुरधाम विमानस्थलमा पटक-पटक सर्वसाधारनसँग दुव्र्यवहार गर्ने गरेका छन् । विमनस्थलको सवारी पार्किङ तथा क्यान्टिनको ठेक्का पाएका लक्ष्मी कन्ट्रक्सनका साहु जयनाथ साहले यात्रु तथा पर्यटकसँग दुर्व्यवहार गर्दै आएका हुन् ।
उनले हालै यात्रुलाई दुर्व्यवहार गरको भिडियो समाजिक सञ्जालमा भाइरहल भइरहेको छ । जसमा विमानस्थलबाट मोटरसाइकलमा चढेर बाहिर जानलागेका दुई जनालाई रोकेर पार्किङ शुल्क तिर्न भन्छन् । तर मोटरसाइकल चालकले ‘पार्किङ् नै गरेको छैन, अनि के-को शुल्क तिर्नु’जवाफ दिएपछि गुण्डागर्दी शैलीमा ठेकेदार साहले बीचमा भएका सामान खसाली दिन्छ्न् ।




उनको यस्तो घटना पहिलो होइन । बेलाबेला यात्रु तथा पर्यटकसँग छुद्र व्यवहार गर्ने गरेको व्यापक जनगुनासो छ । कयौं पटक प्रहरी प्रशासनमा पुगेर छलफल र गर्ने र सामसमु पार्ने काम भएको छ ।

यसकारण यात्रु र पर्यटकसँग ठेकेदार साहको स्वभाव र व्यवहारमा अहिलेसम्म परिवर्तन भएको छैन । पछिल्लो भिडियोपछि उनीमाथि झन् मानिसहरू आक्रोशित भएका छन् । र उनलाई कारबाही गरी ठेक्का तोडेर निकाल्न माग गरिरहेका छन् ।
जनकपुर विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले यात्रुसँग गरेको दुर्व्यवहारको कारण ठेकेदार साहलाई कारबाही गर्ने दबाब बढेको बताए । ‘घटनापछि उनलाई कारबाही गर्नुपर्ने दबाब बढेको छ । या त उनले व्यवहार सुधार गर्नुपर्छ कि त ठेक्का तोड्छौं ।’ विमानस्थल प्रमुख बुढथापाले भने ।
अचम्मत के छ भने ठेकेदार साहले मात्र डेढदशकभन्दा बढी समयदेखि जनकपुरधाम विमानस्थलको क्यान्टिन, पार्किङको ठेक्का पाउने गरेका छन् । र मनपरी पार्किङ शुल्क अशुल्ने, यात्रु र पर्यटकसँग रुखो शैलीमा प्रस्तुत हुने उनको प्रवृति बनेको छ । उनीबाहेकका ठेकेदारले प्रस्ताव नहाल्दा उनैले ठेक्का पाउने गरेको विमनास्थल प्रमुख बुढथापाको तर्क छ ।