अन्तिम समयमा मधेशका मुख्यमन्त्री सिंहले दिए पदबाट राजिनामा, नयाँ सरकार गठनको लागि आह्वान

जनकपुरधाम । मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री सतिश कुमार सिंहले अन्तिम समयमा अन्ततः राजिनामा दिएका छन् ।

जेनजी आन्दोलनकै क्रममा समाजिक संजालमा आफू राजिनामा दिएको बताएपनि परिस्थिति सहज बन्दै गएपछि अधिकारिक नभएको भन्दै पदमा कायम रहेका थिए । उनी राजिनामा नदिँदा नयाँ सरकारबाट बनेको थिएनन् ।

बिज्ञापन

पार्टीले स्वयमँ राजीनामा गर्न भनेपनि राजीनामा नदिएका सिंहलाई अन्य दलले सपोर्ट गर्नेमा ढुक्क थिए, तर राजनीतिक समिकरण बिग्रेपछि उनलाई सबै छाडेपछि पदबाट राजीनामा दिएका हुन् ।

यस सँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् । आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए ।