नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो : एआईजी चतुर्वेदी

कपिलवस्तु । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआईजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् ।

कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको एआईजी सम्मान कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो ।

बिज्ञापन

अपराध नियन्त्रण, शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो । उहाँले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

एआईजी चतुर्वेदीले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै जनताको विश्वास जित्नु नै प्रहरीको ठूलो उपलब्धि भएको बताउनु भयो ।

एआईजी उमाप्रसाद चतुर्वेदीलगायतका अतिथिहरुलाई कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्मालगायत उद्योग वाणिज्य संघ कृष्णानगरका पदाधिकारी हरूले माला, खादा र प्रशंसापत्र अर्पण गरी सम्मान गरेका थिए ।

कार्यक्रममा अतिथिका रूपमा प्रहरी एसपी सन्तोष आचार्यको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा कांग्रेस नेता ब्रम्हानन्द उपाध्याय, अकिल मिया, मुक्तेश्वर मिश्रा, विनय गिरी, नेकपा माओवादी केन्द्रका नेता जावेद आलम खाँ समाजसेवी कुनाल प्रताप शाहले एआईजी चतुर्वेदीलाई २० किलोको मालाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाको दलित समुदायबाट एमबिबिएस गरेकि डक्टर स्मृति हरिजनलाई समेत सम्मान गरिएको उद्योग वाणिज्य संघ कृष्णनगका बरिष्ठ उपाध्यक्ष नसरूल्ला खांले जानकारी दिए ।

कार्यक्रमको स्वागत मनतब्य हरि ओम तुलस्यानले गरेका थिए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष तिरेश शर्माले हाम्रो क्षेत्रबाट उच्च पदमा पुग्न सफल चतुर्वेदीलाई हार्दिक शुभकामना दिदै यह क्षेत्रका जनताका छोरा-छोरी पनि उहां जस्तै उच्च पदमा पुग्न सफल होउन भन्नै भाव व्यक्त गरेका थिए ।