
वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा गाउँको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ।
भारतबाट अवैध रूपमा ल्याएको ४५० थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बिज्ञापन




बरामद मोबाइलको बजार मूल्य करिब ९ लाख रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए।

