नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो, २ जनामा पुष्टि

काठमाडौं : नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्राेनका सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमित भेटिएकाे जनाएकाे छ ।

बिज्ञापन

सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोनका भेरियन्टका संक्रमित भेटिएको पुष्टि गरे ।

एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।