मधेशमा एसएसपी थापाका कारण प्रहरी संगठन नै बदनामी बन्दै

जनकपुरधाम । अति संवेदनशील रुपमा हेरिने मधेश प्रदेशका एसएसपी कमल थापाका कारण प्रहरी संगठन नै बदनामी बन्दै गएको छ ।
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्ना नसेलाउँदै मधेस प्रदेश कार्यालयका एसएसपी कमल थाापाले मधेस प्रदेशका तस्करीदेखि विभिन्न अपराधमा मुछिएका व्यक्तिसँग कुममा कुम जोड्दै राम्रै आर्थिक नजरना कुम्ल्याउन सफल बन्दै गएका छन् । विगतमा युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनामा सरकारी वकिलको कार्यालयले तत्कालीन एसपी, हालका एसएसपी कमल थापामाथि थप अनुसन्धानका लागि सिफारिस गरेको थियोे ।
हाल सो मुद्दा विचाराधीन अबस्थामा रहेको छ । यसरी एसएसपी कमल थापा जहाँ–जहाँ पुग्छन् त्यहाँ–त्यहाँ अपराधीको संरक्षण गर्नुका साथै निर्दोषलाई दोषी करार गर्दै जेलको हावा खुवाउदैँ आएको तथ्य विगतको इतिहासले घाम जस्तो छर्लङ्ग पार्नेछ । हाल नेपाल प्रहरीका एसएसपी कमल थापा मधेस प्रदेशमा सुरक्षा जिम्मेवारी सम्हालिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सुरक्षाका लागि उनलाई मधेस प्रदेशका ८ वटा जिल्लाको अनुगमन तथा सुरक्षा योजना बनाउने जिम्मेवारी अन्तर्गत सर्लाही जिल्लाको जिम्मेवारी दिइएको छ । तर उनै एसएसपी मधेस प्रदेशका तस्कर र अपराध कर्ममा लागेका व्यक्तिसँग साँठगाँठ गर्दै आएकोले कतै चुनाब अशान्ति हुन्छकी भन्ने मधेस प्रदेशका केही उम्मेदवारहरुले शंका व्यक्त गर्ने गरेका छन् ।
स्रोतका अनुसार केही समय अगाडि मधेस प्रदेशमा एक सरकारी पुरुष कर्मचारी र एक महिला विच माया प्रेम बसी आपसी सहमतिमा शारीरिक सम्बन्ध रहेको एसएसपी थापाले स्वीइको पाए लगतै सो पुरुषको पछि लागे । सामाजिक रुपमा सक्षम शिक्षित नारीले ती पुरुष विरुद्ध कुनै कदम चलाएकी थिइनन् तर एसएसपी थापाले एक दलाला मार्फत् ती सरकारी कर्मचारी पुरुषलाई मधेस प्रदेश प्रहरी कार्यालयमा बोलाइ ती महिलाले तिमिलाई जबर्जस्ती करणीको मुद्दा हाल्न सक्छिन् मिलाउने भए १० लाख रुपैयाँ देउ भनी मानसिक टर्चर दिएको तथ्य बाहिरीएको छ । हाल सो विषयमा अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी सोर्तले बताएको छ । यति मात्रै नभइ सोर्तका अनुसार एसएसपी थापाले मधेस प्रदेश मातहतका ८ वटै जिल्लाका एसपीहरुलाई विभिन्न अपराधमा मुछिएका व्यक्तिहरुलाई मुद्दा कमजोर बनाउनदेखि हिरासतमा रहेकाहरुलाई तत्काल अदालत पेश गर्न ठाडै आदेस दिने गरेका छन् । आर्थिकका लागि मरिहत्ते गर्ने एसएसपी थापाको यस्तो हर्कतले प्रदेशका इमान्दार प्रहरी अधिकारीहरु आजित भएको मधेस प्रदेश प्रहरी स्रोतले बताएको छ । यसैगरी एसएसपी थापाले पिडितले अपराध गर्यो भनी उजुरी दिदाँ उल्टै पिडकसँग मिलि राम्रै रकम असुल्ने गरेको स्रोतले बताएको छ । सोर्तका अनुसार मधेस प्रदेशमा तस्करी सँग सेटीङ मिलाइ तस्करलाई लाइन दिँदै आइरहेका घुमुवाहरुलाई उनले पुःन फिर्ता बोलाउँदै पुन तस्करीमा सक्रिय गराएका छन् । नजिकै रहेको चुनाबको मुखमा सुरक्षाको जिम्मेवारी लिएका कमाण्डर नै अपराध कर्ममा लागेका व्यक्ति सँग साँठगाँठ गरिपछि चुनावी सुरक्षा कस्तो होला??

बिज्ञापन