६ महिनाको कार्यकाल सम्पन्न गरी सशस्त्र प्रहरी बल, नेपाल सपहीका प्रमुख सई बरालको बिदाई

जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका वार्ड नं. ४ सपहीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सपहीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) संजय प्रसाद बरालको बिदाई गरिएको छ । आइतबार एक समारोह आयोजना गरेर उहाँलाई दोसल्ला, माला र टिकालगाई बिदाई गरिएको हो । सशस्त्र प्रहरी सई बरालले ६ महिनाको सेवामा आफ्नो जिम्मेवारी इलाकामा अपराध नियन्त्रण गरि शान्ति सुरक्षा कायम राख्दै गत भादौ २३/२४ गते भएको जेन जि आन्दोलनमा समेत मित्रबद्व व्यबहार गरि आफ्नो जिम्मेवारी ईलाका भित्र कुनै पनि भौतिक तथा मानविय छती हुन नदिनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भइ सराहनीय काम गरेको भन्दै उहाँलाइ विशेष सम्मान सहित बिदाई गरिएको हो । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सपहीका नयाँ प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) कृष्ण बिक्रम बनियाँलाई स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा लक्ष्मीनिया गाउँपालिका ४ का वडाध्यक्ष रमेश साह, कार्यपालिका सदस्य प्रमोद साह, सचेत युवा समूह सपहीका युवाहरु, सशस्त्र प्रहरी जवानहरु, समाजसेवि लगायतको सहभागिता रहेको थियो ।

बिज्ञापन