बालेन शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ ।

बिज्ञापन

प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुने तयारी छ।
राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२:३४ बजे प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्ने निर्णय गरेको थियो ।