
जनकपुरधाम । रौतहटको राजदेवी नगरपालिका–८ सोफियामाई सीमा इलाकाबाट सशस्त्र प्रहरीले शुक्रबार स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय छन् ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी बेलबिछवाबाट खटेको सीमा गस्ति टोलिले सोफियामाई सीमा इलाकाको पूर्व तर्फ भारतबाट नेपाल आउँदै गरेको बीआर ०६ ए ६२९२ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेक गर्ने क्रममा स्रोत नखुलेको ५ लाख २२ हजार ४९० रकमसहित भारतको सीतामढीका नजिर नट र सर्लाहीका मुम्ताज अन्सारीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती डिएसपी प्रेमसागर बिष्टले जानकारी दिए ।
बिज्ञापन




पक्राउ परेपछि सशस्त्र प्रहरीले दुवैलाई पैसाको स्रोतबारे सोधपुछ गरेको थियो । दुवैले स्रोत खोल्न नसकेपछि आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाएको डिएसपी बिष्टले बताए ।
