मधेश प्रदेश : मुख्यमन्त्री यादव तनावमुक्त, विश्वासको मत दिने गठबन्धनमा सहमती

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाउने निश्चित भएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मुख्यमन्त्री यादवलाई तत्काल विश्वासको मत दिने सहमती भएको हो । अब मुख्यमन्त्री यादव विश्वासको मत पाउनेमा ढुक्क भएका छन् ।

बिज्ञापन

आलोपालो नेतृत्व गर्ने पूर्वसहमती अनुसार जसपाले मुख्यमन्त्री पद त्याग्नुपर्ने अन्य सत्ता साझेदार दलको अडान थियो । जसका कारण मुख्यमन्त्री यादव तनावमा थिए । उनले विश्वासको मतका लागि काठमाडौंसम्म लविङ गरेपछि बल्ल सहमती जुटेको बुझिएको छ ।

जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री यादव विश्वासको मत लिन लागेका छन् । स्रोतका अनुसार गठबन्धनमा सहमती भएलगत्तै उनले आईतवार विश्वासको मत लिने निर्णय लिएका हुन् ।