
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रामविनोद यादवले आफू निर्वाचित क्षेत्रलाई एकीकृत विशेष विकास क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा उनले शुन्य समयमा आफ्नो धारणा राख्दै धनुषा–२ विकासको ममिलामा निकै पछाडि परेकाले समग्र रुपमा छिटो विकासका विशेष क्षेत्र घोषणा गर्न माग राखेका हुन् ।
यसअघि पनि मैले शून्य समयमा यहि कुरा भनेका थिए । त्यसमा के प्रगति भयो । सरकारको तर्फबाट वा सम्बन्धित निकायबाट कुनै जवाफ नआएको भन्दै सांसद यादवले गुनासो गरे ।




प्रतिनिधिसभामा रेकर्ड राख्न र फोटोकै खिचाउनका लागि बोलिरहने पुरानो परम्परा अन्त्य गनुपर्ने उनको भनाइ थियो । उनले भने‘ पहिला पनि सदनमा सांसदहरु बोलेको कुरा रेकर्ड भएको छ । त्यो रेकर्डमै सिमित रहेको छ । कार्यान्वयन भएन् । हामी अब रेकर्डका लागि मात्रै बोलेर हुँदैन् । जनताले डेलिभरी खोजेको छ ।’

‘आफू निर्वाचित भएको क्षेत्र हरेक क्षेत्रमा पछि परेको छ । जनताले यसपटक परिवर्तनको पक्षमा मतदान गरेको छ । उनले भने ‘हामीले जनचहना अनुसार काम नगरे मतदाताले छुट दिने छैन् ।’ कुनै क्षेत्रलाई विशेष प्राथमिकता दिएर सडक,शिक्षा, स्वास्थ्य, विद्युत जस्ता अधारभूत सेवा छिटो र समग्र विकास गर्ने उदेश्यले सरकारले एकीकृत विशेष विकास क्षेत्र घोषणा गरिन्छन् ।