2024-04-30

Close

समानताले मात्र समृद्धि ल्याउछ ः मुख्यमन्त्री राउत

जनकपुरधाम, असोज ४ । मुख्यमन्त्री लालबाबु राउतले समानताले मात्र प्रदेशमा समृद्धि ल्याउने बताउनु भएको छ ।


महोत्तरीको मटिहानीमा आयोजित नगरपालिका स्थित सामुदायिक विद्यालयको कक्षा ९मा अध्ययनरत छात्रा छात्राको लागि ल्यापटप वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश भित्र रहेको भेदभाव अन्त गर्दै समान्ता ल्याइए मात्र समृद्धि सम्भव हुने बताउनु भयो ।

विश्वका समृद्ध मुलुकहरुमा महिला पुरुष, दलित गैरदलित जस्ता विभेद नरहेको उदाहरण दिनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो,‘ हामीलाई समृद्धि प्राप्त गर्नु छ भने विभेद अन्त गर्नु पर्दछ र प्रदेश सरकार त्यसमा अगाडी बढेको छ ।

प्रदेश सरकारले समाजमा रहेको विभेद अन्त गर्नका लागि बेटी पढाउ बेटी बचाउ कार्यक्रम संचालन ल्याई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले केही दिन भित्रै दलित सशक्तिकरण ऐन र मदरशा शिक्षा बोर्ड जस्ता विधेयक पारित गर्न लागेको दावी गर्नु भयो ।

आजको प्रतिस्पर्धात्मक युगमा प्राविधिक शिक्षाले मात्र सबैलाई रोजगारी दिन सक्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मटिहानी नगरपालिकाले कक्षा ९का छात्र छात्राहरुलाई ल्यापटप उपलब्ध गराएर प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण टेवा पु¥याएको भन्दै प्रशंसा समेत गर्नु भयो ।


मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंह , समाजवादी पार्टीका प्रदेश समिति सदस्य मोजिम राइन सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा श्रीराम मावि मटिहानीका ७४ र मावि मझौराका २५ छात्र छात्राहरुलाई ल्यापटप वितरण गरिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds