विवेक गोइत,जनकपुरधाम : कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको बेला धनुषाको विदेह नगरपालिका ६ तिनकौरियामा एनआइसी एशिया बैंकमा दिनभर सेवाग्राहीको घुइचो लाग्यो । तर न बैंकका कर्मचारी सतर्कता अपनाएको देखियो, न सेवाग्राही ।
बिना मास्क सेवाग्राही घण्टौं लाइन बसेर सेवा लिए । बैंकका कर्मचारी कसैलाई भिडभाड नगर्न र मास्क लगाउन भनेनन् । बैंकको चरम लापरवाहीले तिनकौरियामा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । सेवाग्राहीको लाइन हेर्दा लाग्छ- जानी जानी कोरोना फैलाउने काम गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्डको धज्जी उडाउने बैंकका कर्मचारीलाई कारवाही गर्नुपर्ने स्थानीय बुद्विजिवीको माग छ।फोटो विवेक गोइत
This will close in 20 seconds
This will close in 0 seconds