धनुषामा रकम बितरण गरिरहेको आराेपमा वडा सदस्यका उम्मेदवार पक्राउ

जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा मतदातालाई रकम वितरण गरेकाे आराेपमा एक जना वडा सदस्य पदका उम्मेदवार पक्राउ परेका छन् ।

बिहीबार राति वडा नम्बर ७ मा रकम बितरण गर्न लाग्दा सोही वडाका सदस्य पदका उम्मेदवार बेचन महतो पक्राउ परेका हुन् । उनी कांग्रेसबाट उम्मेदवारी दिएका छन् ।

बिज्ञापन

महताेले रकम वितरण गरिरहँदा स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ ।

इलाका प्रहरी कार्यालय खजुरीका अनुसार महतोले रकम वितरण गरिरहेकाे हल्ला भएपछि पुगेको प्रहरी टोलिले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । उनको साथबाट १५ हजार ५ सय वरामद भएकाे छ ।