अप्पन जनकपुर
जनकपुरधाम, असार १ गते । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको छ ।
ल्याइएको बजेटमा मन्त्रालयगत बजेट पनि विनियोजन गरिएको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १० वटा मन्त्रालय रहेको छ ।
यसमध्ये सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि विनियोजन गरिएको छ । यो मन्त्रालयका लागि रु १८ अर्ब ८ करोड ४५ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका लागि रु ७ अर्ब ८० करोड ९६ लाख बजेट बजेट छुट्टयाउँदा भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि रु २ अर्ब ७४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि रु ४ अर्ब ८४ करोड ६४ लाख, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका लागि रु १ अर्ब ७३ कोड ९३ लाख ९१ हजार, खानेपानी तथा उर्जा विकास मन्त्रालयका लागि रु १ अर्ब ६८ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै, गृह तथा संचार मन्त्रालयका लागि रु ६४ करोड ३३ लाख, महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयका लागि रु ६१ करोड ९८ लाख, अर्थ मन्त्रालयका लागि रु २४ करोड ९० लाख ४५ हजार, कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयका लागि रु ५ करोड ३३ लाख २८ हजार, बाणिज्य आपूर्ती तथा विज्ञान प्रविधी मन्त्रालयका लागि रु २ करोड ६० लाख १४ हजार बजेट विनियोजन गरिएको छ ।
This will close in 20 seconds