2023-05-31

Close

विपिन कुमार यादव,जनकपुर । संसद विघटनको विरोधमा धनुषाको यदुकूहामा पनि नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ।

नेपाली कांग्रेसको देशव्यापी विरोध कार्यक्रम अनुसार धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओलीविरूद्ध प्रदर्शन गरिएको हो।

झण्डै दुई तिहाइको सरकार रहे पनि प्रधानमन्त्रीले एकलौटी रूपमा संसद विघटन गरेपछि त्यसको विरोधमा धनुषाको सबै क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो।

धनुषा क्षेत्र नम्बर १ धनुषाधाममा कांग्रेसका केन्द्रीय नेता तथा पूर्वमन्त्री समेत रहेका आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा केन्द्रीय नेता तथा पूर्वमन्त्री रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा केन्द्रीय नेता तथा पूर्वमन्त्री महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ।


धनुषा क्षेत्र नम्बर २ यदुकुहामा कोणसभामा बोल्दै नेता रामकृष्ण यादवले संविधानको रक्षा गर्नुको साटो उल्टै संसद विघटन गरेर कम्युनिष्टको सरकारले संविधान विरोधी क्रियाकलाप गरेको आरोप लगाए।

‘संविधानमा जुन कमीकमजोरी थियो त्यसलाई सच्याउने समय थियो तर ओली नेतृत्वको सरकारले संसद विघटन गरेर संविधानको लागि बलिदानी दिएका सहिदहरूको सपनालाई तोडेको हो,’ उनले भने।

‘संविधानको रक्षक नै भक्षक भएपछि संविधानलाई बचाउन असम्भव रहेको छ,’ उनले भने, ‘राष्ट्रपतिसँग विभिन्न सल्लाहकारहरू छन्। कम्तिमा कानूनी सल्लाहकाहरूसँग सल्लाह लिनुपर्ने थियो तर सिफारिस जाने बित्तिकै सदर गर्नुभो।’

कांग्रेसका नेताहरूले विभिन्न ठाउँमा आयोजना गरेका कोणसभामा प्रधानमन्त्री ओली सरकारको असंवैधानिक अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको भन्दै प्रदर्शनसहित नाराबाजी समेत गरेका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर