2024-04-27

Close

वीरगञ्ज । नेपालमा हिन्दु आस्था र धर्म माथि बारम्बार प्रहार भईरहेको तथा हालैमा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ मा रहेको श्री बौधी माई मन्दिर तोडफोड गरेको घटना प्रति घोर निन्दा गर्दै र यस्तो कार्य गर्ने गराउनेहरुलाई कानुनी घेरा भित्र ल्याई कडा भन्दा कडा कार्यवाही गर्नको लागि हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति बाराले जिल्ला प्रमुख अधिकारी र डिएसपी लाई ज्ञापन पत्र बुझाएको छ ।

धर्म निरपेक्ष संविधान जारि भए देखि नै हिन्दु समाजका आस्था केन्द्र माथि प्रहार र हिन्दु समाज संग मात्र बदमासी भई रहेको तथा बारा जिल्लामा कहिले व्यापक गौ तस्करी र हत्या, छठ पर्वको बेला गुण्डागर्दी र हत्या, कहिले गढ़िमाई मेलाको बेला बलि प्रथाको बिरोध गर्नु जलन्त उदाहरण हुन् भनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ मा रहेको श्री बौधी माई मन्दिर तोडफोड गरेको घटनाले चिन्तित बनाएको र उक्त घटनाको दोषीलाई कडा कार्यवाहीको माग राखी हिन्दु परिषदका बारा जिल्ला अध्यक्ष महन्त गोपाल दासको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको छ । र दोषीलाई उचित कार्यवाही नभए हिन्दु परिषद नेपालले थप संघर्षका कार्यक्रमहरु गर्ने गराउने बाध्य हुनेछ भनि विज्ञप्तिमा उल्लेख रहेको छ ।

हिन्दु माथिको आक्रमण दिन प्रति दिन बढी रहेको छ र यस्ता घटनाहरु माथि छानबिन गरि सरकारले न्यूनीकरण नगरे अब सरकारको बिरुद्धमा हामी उतरिनेछौ र अब यस्ता घटनाहरु भए कदापि सह्य नहुने हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोषानन्द महाराजले जी न्यूज नेटवर्क संग कुराकानी गर्दै बताएका छन ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोषानन्द महाराज, केन्द्रिय सदस्य बिनोद कुर्मी, बारा जिल्ला अध्यक्ष महन्त गोपाल दास, उपाध्यक्ष नेमिलाल प्रसाद, सचिव अरुण चौधरी, प्रवक्ता कमलेश सहनी, प्रसौनी गा. पा कमिटि अध्यक्ष अरविन्द मदनवाल, फेटा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नरेश पटेल लगायतकाको हिन्दु अगुवाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds