2024-05-04

Close

सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स) खरिद विक्रि हुने गरेको पाइएको छ।

कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ अजार सम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाईएको हो।

ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जतिपटक परीक्षा र ट्रायलमा सहभागी भएपनि पास नहुने तर घुस वापत रकम बुझाएपछि सजिलै लाईसेन्स हातलाग्ने सेवाग्राहीहरु बताउछन्।

सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाईकलको लाईसेन्सका लगी ट्रायल दिए। तर, उनी एक पटक पनि पास हुन सकेन। तर, उनीसँगै गएकाहरुले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे।

यहाँ जुन सुकै गाडीको लाईसेन्स लिन घुस रकम विचौलियामार्फत बुझाए सजिलै लाईसेन्स पाईने ती युवकले बताए। उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पासगरें। तर, तीन पटक ट्रायल दिँंदापनि पास हुन सकिएन्। घुस नदिई लाईसेन्स लिउँ भनेको मुस्किल रहेछ।’

‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ। पासै हुन सकिएन। अव त्यसै एक वर्ष पछाडी परियो।’ उलने थपे, ‘अर्काे पटक घुस दिएरै भएपनि पास गर्नुपर्ने अवस्था आयो।’

सिरहा धनगढीमाईका रमेश यादव (परीवर्तीत नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन्। तर, उनीसँग ड्राईभिङ लाइसेन्स थिएन। उनी लेखपड समेत जान्दैन तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाईसेन्स लिए।

उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिन। पैसा नदिई लाईसेन्स पाइँदैन भन्ने सवै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय वाहिरै विचौलीया संग अवैध रकम बुभाएर लाईसेन्स लिएँ।’

ट्याक्टर, म्याजिक र विङ्गरचालकमात्र हैन यहाँबाट लाईसेन्सलिने धेरैले रकम तिरेर र भनसुनकोभरमामात्र लाईसेन्स पाउने गरेको एक विचौलियाले बताए। ति बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाईसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थौरै कोटा दिएको हुन्छ। त्यहि अनुसार सेटिङ्गमा काम हुने हो।’

यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुसेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।

रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माँग्ने गरेको भन्ने मलाई जानकारी छैन। भएको भए मलाई जानकारी गराउनुस तुरुन्त कारवाही गछु।’

उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिनेमात्र हो, बाँकी काम यातायत कार्यलयले गर्नेभएकोले हाम्रो खासै भुमिकापनि हुँदैन । सिरहामा विना विचौलीयाको लाईसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरिक्षक पुरीले केहि सुनिएन भनी फोन काटे।

यातायात र ट्राफिक प्रहरीले लाईसेन्स वापत अवैध रुपमा उठाईएको रकम जिल्ला , प्रदेश र विभाग सम्म समेत बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको छ। उनले भने, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरुको मिलोमतोमय विचौलीया खडा गरेको हुन्छ, लाईसेन्सको लिखित सकिएर ट्राईल सकिने दिन नै अवैध असुली गरेको रकम वाडफाड गर्नेगरेको बताए।’

ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले विचौलीया खडागरी खुलेयाम रुपमा ड्राइभिङ लाईसेन्स विक्रिवितरण गरिरहेको सेवाग्राहीहरु बताउछन्। ड्राइभिङ लाईसेन्स लिन विचौलीयासंग सेटिङ नमिले लाईसेन्स नपाईने सेवाग्राहीहरुको भनाई छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds