जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं.४ प्रदेशसभा ४ को (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नरेश यादवलाई उम्मेदवार बनाउने भएको छ ।
आज बसेको लोसपाको क्षेत्र नं.४ क्षेत्रीय समितिले यादवको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।
प्रदेशसभाका उम्मेदवार सिफारिस भएका यादव जनकपुरधाम उप महानगरपालिका वडा नं.१९ का हुन । यादवले नेपाली कांग्रेस धनुषा जिल्ला सह सचीव भएर काम गरेका थिए । यादवले स्थानीय चुनाव अगाडी नेपाली कांग्रेस पार्टी परित्याग गरेर लोसपा नेपालमा प्रवेश गरेका थिए ।
यता, प्रतिनिधिसभा क्षेत्र नम्वर ४ प्रत्यक्ष तर्फबाट उमाकान्त झा र लक्ष्मण यादव र प्रदेशसभा क्षेत्र नम्वर ४ (क) बाट नरेश यादव ,मो.अकवर नदाफ प्रदेश सभा (ख) बाट विन्दीलाल महतो , अजय राउत , विजय सिंह , प्रदीप सिंह सिफारिस भएको क्षेत्रीय अध्यक्ष जित कुमार साहले अप्पन जनकपुर डटकम लाई बताए ।