2024-04-27

Close

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताउनुभएकाे छ ।

नेकपा एमाले धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने एमालेको माग रहेकाे बताउनुभयाे ।

नागरिकताबिहीन नेपालीलाई नागरिकता दिलाउन एमालेले जति लडाइँ अरु कुनै पार्टीले नगरेका उहाँकाे भनाइ छ । अध्यक्ष ओलीले नागरिकता विधेयककाे सवालमा गठबन्धन सरकारले एमाले विरुद्ध भ्रम फैलाएकाे पनि बताउनुभयाे । एमालेले विधेयक रोकेको र नागरिकता नदिएको भनेर मधेसमा भ्रम छर्ने काम भएकाे भन्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयाे ।

नागरिकता विधेयक एमालेले पास गर्न दिएन भनेर गठबन्धन सरकारले चुनावकाे मुखका भाेटकाे राजनीति गरेकाे उहाँकाे भनाइ छ । एमालेलाई आराेप लगाउने तर नागरकिता विधेयक पास नगर्ने रणनीति सरकारले बनाएकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘सरकार नागरिकता विधेयक पास गर्न चाहँदैन, पास नगर्ने, रोकेर राख्ने, तनाव बढाउने, राष्ट्रिय राजनीतिलाई तनाव र द्वन्द्वतर्फ लान खोज्ने र लोकतन्त्रतर्फ हैन सरकारले यस्तै गतिविधि गरिरहेकाे छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्नविचारका लागि फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक फिर्ता हुनुपर्ने समेत अध्यक्ष ओलीले बताउनुभयाे । राष्ट्रपतिले पठाउनुभएकाे सन्देशलाई बेवास्ता गरेर गठबन्धन सरकारले दम्भ र अंहकार देखाएकाे उहाँकाे भनाइ छ ।

अध्यक्ष ओलीले मंसिर ४ काे चुनावले देशकाे भाग्य र भविष्यकाे फैसला गर्ने पनि बताउनुभयाे । साे चुनावमा एमालेले कसैसँग गठबन्धन नगर्ने तर केही ठाउँमा तालमेल भने गर्न सक्ने पनि उहाँले बताउनुभयाे । एमाले एक्लै चुनाव लड्न सक्षम रहेकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘एमाले कसैको सहारामा चल्ने पार्टी होइन, हामी एक्लै गठबन्धनविरुद्ध काफी छौं, हामीलाई कसैको सहारा चाहिँदैन,तर लोकतन्त्रमा कुनै-कुनै दललाई रेस्क्यु पनि गर्न सकिन्छ, यसका लागि एमाले खुला छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds