2024-04-23

Close

१७ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत हेटौंडा घर भएकी एक २५ वर्षीया गर्भवती युवती कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमै संक्रमण मुक्त भएकी छिन् ।

हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालाले गत जेठ १४ गते ती महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो । उनको जाँच जेठ १० गते भए पनि संक्रमण पुष्टि भने प्रयोशालाले जेठ १४ गते मात्रै गरेको थियो । सोही आधारमा एक साता मानेर शनिबार स्वाब लिएर दुईपटक कोरोना परीक्षण गरिएको थियो ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुई पटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ की ती महिला पाँच महिनाकी गर्भवती छिन् ।

भरतपुर अस्पतलाका फिजिसियन डा. प्रमोद पौडेलले गर्भवती महिला यति छिटो नै संक्रमणमुक्त भएको पहिलो घटना हुन सक्ने बताए । भाइरल लोड कम र इम्युनिटी पावर राम्रो भएकोले उनी छिटो निको भएको हुन सक्ने पौडेलले बताए ।

उनलाई आइतबार बिहान अस्पतालबाट डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए ।

जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ती महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई भरतपुर अस्पतालमा ल्याएर उपचार गरिएको थियो । उनी र उनका श्रीमान चितवनमै रोजगारी गर्छन् । स्रोत अन्लाईन खबर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds