2024-04-27

Close

जनकपुरधाम । मधेश प्रदेशको ८ वटै जिल्लामा अहिले सम्म ८२.५८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत आर्थिक वर्षमा यो अवधिमा ९७ प्रतिशत धान रोपाइँ भइसकेको थियो ।

मधेश प्रदेशका कृषि विकास निर्देशनालयका अनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी ९८ प्रतिशत धान रोपाइँ बारा जिल्लामा भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६५ प्रतिशत धान रोपाइँ भएको छ ।

बरामा धान रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टर रहेकोमा त्यसमा हालसम्म ४५ हजार ९९।६ हेक्टरमा धान रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, पर्सामा धान रोपाइँ हुने कुल क्षेत्रफल ४७ हजार १ सय ३० रहेकोमा त्यसमा ४५ हजार ७ सय १६.१ हेक्टरमा अर्थात ९७ प्रतिशत धान रोपाइँ भइसकेको छ ।

रौतहटमा धान रोपाइँ हुने कुल क्षेत्रफल ३५ हजार हेक्टर रहेकोमा हालसम्म ३३ हजार ६ सय हेक्टर ९९६ प्रतिशत०, सर्लाहीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार हेक्टर रहेकोमा त्यसमा ३३ हजार ६ सय ९ ८% धनुषा जिल्लामा धान रोपाइँ हुने कुल क्षेत्रफल ५८ हजार हेक्टर रहेकोमा ४० हजार ६ सय हेक्टरमा धान ९७ (प्रतिशत) धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, सिरहामा धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार रहेकोमा त्यसमा ३७ हजार ८ सय हेक्टरम९ ७० प्रतिशत० धान रोपाइँ भइसकेको छ । यो सिरहा जिल्लाको कुल धान रोपाइँको (७० प्रतिशत) र सप्तरीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ६८ हजार रहेकोमा अहिलेसम्म ६१ हजार २ सय हेक्टर अर्थात (९० प्रतिशत) धान रोपाइँ भइसकेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यसरी मधेश प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४ लाख १ हजार ६ सय ५० हेक्टर रहेकोमा हाल सम्म ३ लाख ३१ हजार ६ सय ९०.७ हेक्टर (८२.५८ प्रतिशत) धान रोपाइँ भइसकेको कृषि विकास निर्देशनालयले जनाएको छ । यस वर्ष समयमा पानी नहुँदा धान ढिलाइ भएको निर्देशनालयका सुचना अधिकारी रामकलेश साहले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds