2024-12-04

Close

जनकपुरधाम । मधेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आफूलाई सशस्त्र भूमिगत समूहबाट धम्की आइरहेको दाबी गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै गृहमन्त्री लेखीले जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको नामबाट धम्की आइरहेको बताएका हुन् ।

उनले धम्की आएको विषयमा मुख्यमन्त्री र मधेश प्रहरी प्रमुखलाई जानकारी गराइसकेको पनि बताए । सुरक्षा निकायबाट यस विषयमा अन्य मन्त्रीहरूलाई समेत आफू जस्तो धम्की आउने गरेको जानकारी पाएको मन्त्री लेखीको भनाइ छ ।

बिहीबार गृह तथा सञ्चार मन्त्रालयमा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा पनि मन्त्री लेखीले धम्की आउने गरेको विषय उठाएका थिए । त्यस बैठकमा अनुसन्धानका प्रहरी अधिकारीले अन्य पनि केही मन्त्रीले यस्तो धम्की आउने गरेको खुलाएका थिए ।

गोईत भारतमा छन् । बिरामी छु, उपचार खर्चको लागि पैसा पठाउ भनेर फोन गरेर धम्की दिने गरेको कुरा केही मन्त्रीबाट आएको छ । मन्त्रीजीले पनि त्यही विषयमा आफ्नो कुरा बैठकमा राख्नु भएको थियो, बैठकमा सहभागी एक अधिकारीले भने ।

तर, मन्त्री लेखीले नेपाल प्रहरीलाई यस विषयमा केही पनि जानकारी नदिएको अर्का एक प्रहरी अधिकारीको दाबी छ ।

धम्की आएको विषयमा प्रहरीलाई जानकारी दिएर अनुसन्धानमा लगाउनुपर्ने हो । हिजो बैठकमा उठाउनु भएको थियो । तर आजै गृहमन्त्री जस्तो व्यत्तिले यो कुरा सिधै पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभयो । किन यस्तो गर्नुभयो उहाँलाई नै थाहा होला, ती प्रहरी अधिकारी भन्छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर