2024-05-17

Close

जनकपुरधाम । जनकपुरधाममा खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको हो ।
जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा हुन लागेको प्रतियोगिता मंशिर २६ गतेदेखि पुष ८ गते सम्म जनकपुरधाम १४ रजौलस्थित रामजानकी अन्तराष्ट्रिय रगशालामा हुने प्यावसनका जिल्ला अध्यक्ष तथा क्रिकेट संघका सचिव आशिष झाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एन प्यावसनमा आवद्ध १२ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगिता ‘रनिङ कप’ भएपनि कोभिड–१९ महामारीको कारण दुई वर्ष स्थगित भएको थियो । यस वर्षदेखि पुनः प्रतियोगिताले निरन्तरता पाएको छ ।
यस प्रतियोगिताले स्थानीय स्त्तरबाट खेलाडी उत्पादन हुने उनले विश्वास जनाए । ‘प्रतियोगिताबाट प्रतिभावन खेलाडीको टिम बनाएर प्रशिक्षण दिने छौं,’उनले भने,‘राम्रा १५ खेलाडीलाई क्रिकेट प्रशिक्षणसहित पढाईको लागि छात्रवृति पनि दिने तयारी छ ।’
आइसीसी मान्यता अनुसार प्रतियोगिता हुने अन्तराष्ट्रिय एम्पायर रामकैलाश यादवले बताए । उनका अनुसार प्रत्येक टिमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुने छन् । प्रतियोगिता विजेता र उपविजेता टिमको लागि आकर्षक कप र प्रमाणपत्र दिनेछन् ।
जनकपुरधाममा पछिल्लो समय क्रिकेट क्रेज बढेको छ । नियमित खेलकुदको गतिविधिहरु भइरहेको छ । हालै पोखरामा भएको केपी ओली कप मधेश प्रदेश क्रिकेट टिमले जितेको छ । देशमा संघीयता आएपछि पहिलो पटक मधेश प्रदेशले राष्ट्रिय स्त्तरको प्रतियोगिता जितेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds