2024-04-24

Close

काठमाडौं । महिला अधिकारको क्षेत्रमा क्रियाशील युवा अभियन्ता जस्मिन ओझा केही समयदेखि गालीगलौज र धम्कीको शिकार बनिरहेकी छन् । पछिल्ला दिनमा आफूलाई फोनबाट पटक–पटक ज्यान मार्ने धम्की आइरहेको उनले बताइन् ।

एक साताभित्र विभिन्न ल्यान्डलाइन नम्बरबाट अज्ञात व्यक्तिहरुले फोन गरेर उनले सहयोग गरिरहेको लैंगिक हिंसासम्वन्धी मुद्दाबाट ब्याक नभए ‘भौतिकरुपमा सिध्याइदिने’ धम्की आएको हो । उनले ती फोन नम्बरसहित प्रहरीलाई अनौपचारिक जानकारी गराएकी छिन् भने लिखित उजुरी दिने तयारीसमेत गरेकी छिन् ।

‘मलाई मात्र होइन, परिवारलाई नै सिध्याइदिने भनेर धम्की दिइरहेका छन्,’ नेपाल प्रेससँग जस्मिनले भनिन् । दुई दिनअघि मात्रै सडकमा पैदल हिँडिरहँदा आफूमाथि अज्ञात स्थानबाट ढुंगा प्रहारसमेत भएको उनले बताइन् ।

कानून पढिरहेकी २२ वर्षिया जस्मिनले लैंगिक हिंसाबाट पीडित महिलाहरुलाई मनोपरामर्श दिने र कानूनी संघर्षमा सघाउने गरेकी छन् । पल शाह प्रकरणमा उनले नाबालिग गायिकालाई सहयोग प्रहरीसम्म पुग्न गरेकी थिइन् । तर, गायिकाले पछि अदालतमा बयान फेरेर जस्मिनलाई नै आरोपित गरिन् ।

कुमारी आमा निहारिका राजपुतको संघर्षमा पनि जस्मिनले साथ दिँदै आएकी छिन् । उनी निहारिकासँगै केही दिन आमरण अनशनमा समेत बसेकी थिइन् । यसैगरि, पछिल्लोपटक ‘घरेलु हिंसाबाट पीडित’ बिनु यादवको पक्षमा उनले वकालत गरिरहेकी छिन् ।

बिनुले सर्वोच्च अदालतमा सेतो सारी लगाएर रातो रंग छ्याप्दा जस्मिन उनको साथमा थिइन् । प्रहरीले बिनुसँगै जस्मिनलाई पनि पक्राउ गरेको थियो ।

पल शाहको प्रकरणमा जोडिएदेखि जस्मिनमाथि सामाजिक सञ्जालबाट गालीगलौज सुरु भएको हो । नाबालिग गायिकालाई कानूनी प्रक्रियामा साथ दिएकै कारण पलका समर्थकले फेसबुकदेखि टिकटकसम्म उनीमाथि अनेक खालका लाञ्छना लगाउने क्रम अहिलेसम्म जारी छ । उनको नाममा नक्कली आइडी खोलेर पनि चरित्रहत्या गरिएको छ ।

आफ्नो चरित्रहत्या गर्ने केही व्यक्तिहरुविरुद्ध जस्मिनले प्रहरीको साइबर ब्यूरोमा समेत उजुरी दिइसकेकी छन् । तर प्रहरीले अहिलेसम्म तिनीहरुमाथि कुनै कारवाही नगरेको उनको गूनासो छ ।

जस्मिनलाई कतिपयले महिलासँग सम्वन्धित विषय उछालेर डलरको खेति गरेको आरोपसमेत लगाउने गरेका छन् । जस्मिन भने महिलामाथि हुने विभेद र हिंसाको विरुद्ध लड्नु आफ्नो पेशा नभएर निष्ठा भएको बताउँछिन् । कुनै वैयक्तिक स्वार्थविना १३ वर्षको उमेरदेखि यस क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ ।

‘मलाई डलर खाएको आरोप लगाउनेहरुले एउटा मात्रै प्रमाण देखाइदिनुस, म मृत्यूदण्डको सजाय पनि भोग्न तयार छु,’ जस्मिनले भनिन्, ‘बरु मैले आफ्नो बुवाआमाको पैसा खर्च गरेर पिडित दिदी–बहिनीहरुलाई सहयोग गरेकी छु ।’

आफूले निस्वार्थ भावनाले सहयोग गरिरहँदा उल्टै अपजस खेप्नुपरेको भन्दै उनले दुःख व्यक्त गरिन् । तर, गालीगलौज र धम्कीबाट डराएर महिला अधिकारको लडाईंबाट पछि नहट्ने उनको अठोट छ ।‘यस्ता धम्की र गालीगलौजले मलाई गलाउन सक्दैनन्, बरु म दिनदिनै बलियो बनाउँछन्,’ उनले भनिन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds