2021-05-09

Close

विराटनगर ६ माघ । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज– १ का २२ वर्षीय शंकर यादव रहेका छन् । अर्का मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा दश जना सामन्य घाइते भएका छन् । घाइतेको स्थानीय जीवनज्योति मेडिकलमा उपचार भइरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2021 अपन जनकपुर