जनकपुरधाम । भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री योगेन्द्र राय यादवले समुहगत प्रयासको माध्यमले सहकार्य भावनाले उत्पादनमुखी खेतीगरि गरिबी न्यूनीकरण जोड दिनअग्रह गर्दै प्रदेश २ माछामा आत्मनिर्भर भएको अबस्थामा व्यवस्थित बजारीकरणमा कृषि मन्त्रालय लागेको बताएका छन । विलासिताजीवन भन्दा बचतमुखी ,उत्पादनमुखी कार्यमा जोड दिन जागरुकता बढोस अभिप्रायका साथमा विभिन्न तालीम ,अभियान संचालनबाट गर्नेगरेको र बिस्तारै विस्तारै जागरुकता आउन लागेको दावी गरेका छन् ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ को आयोजनामा सहिद नगरपालिका वार्ड ४ मत्स्य उत्पादनमा परिचित ठाउँ ननुपटिमा भुमि व्यवस्था तथा कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादवको प्रमुख आतिथ्यमा सोमबार देखी तीन दिने प्रदेश स्तरीय सहकारीको लागी आयमुलक मत्स्य व्यवसाय तालीममा उदघाटन सत्रमा उनले सो कुरा बताएका हुन । उदघाटन सत्रमा कृषि प्रधान प्रदेश २ मै माछाउत्पादनमा उल्लेख्य योगदान दिए वापत उत्कृष्ट माछा किसान मिथिला मत्स्य फर्मका संचालक मथुरा मंडललाई सम्मान गरेका थिए । बुधबारसम्म चल्ने तालीममा जिल्लाका २५जना मत्स्य उत्पादक किसानहरूको सहभागिता रहेको जनाएका छन ।
कार्यक्रमका विशिष्ट अतिथि मत्स्य सहकारीका राष्ट्रिय उपाध्यक्ष संजय कुमार साह , विशिष्ट अतिथि जिल्ला सहकारी संघ लि.धनुषा उपाध्यक्ष विनोद रोहिता , भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रदेश सहकारी बिभागिय प्रमुख ओम नारायण झा ,सहकारी महासखाका अधिकृत रामपृत यादव लगायतका सहकारी कर्मीहरुको उपस्थितिमा कार्यक्रम भएको थिए ।