2024-04-26

Close

वीरगञ्ज महानगरपालिकाले इजाजत बेगर निर्माण भएका भौतिक संरचनाको नक्सा पास गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म जरिवानामा छुट दिने भएको छ ।
शुक्रबार आयोजित महानगरको १२ औँ नगर अधिवेनमा पेश भएको संशोधित आर्थिक ऐन २०७९ ले यस्तो व्यवस्था गरेको हो ।
नगरसभाबाट पारित संशोधित ऐनले विगतमा नक्सा पास नगरी इजाजत बेगर निर्माण भएका संचरना चालु आर्थिक वर्षको असार मसान्त भित्र अनुमतिका लागि आएमा नक्सा पास दस्तुरमा लाग्ने सम्पूर्ण जरिवाना छुट दिई नियमित गर्ने व्यवस्था थप गरेको हो ।
यस्तै पछि थपिएका वडाहरु वडा नम्वर १७ देखि ३२ मा निर्माण गरिएका संरचनाहरु अनुमतिका लागि आएमा जरिवाना छुटका साथै भवनको नक्सा डिजाईन गर्न पनि महानगरले प्राविधिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ ।
महानगरले सबैलाई नक्सा पासको दायरामा ल्याउन जरिवाना छुट सुविधा असारसम्म लम्ब्याएको हो ।
यस्तै नगरपरिषदले आदर्शनगर रंगशालामा कार्यक्रम आयोजना गर्न लाग्ने शुल्क पनि संशोधन गरेको छ ।
विगतमा टिकट नलाग्ने कार्यक्रम निशुल्क हुने गरेकोमा अब भने प्रति दिन १ हजार रुपैयाँ सेवा शुल्क र सरसफाई वापत थप ५ सय रुपैयाँ सरसफाई शुल्क लाग्ने व्यवस्था थप भएको छ ।
स्टल बुकिङ सहितको टिकट लाग्ने कार्यक्रम रहेमा भने दैनिक ६ हजार रुपैयाँ सेवा शुल्क र २ हजार रुपैयाँ सरसफाई शुल्कको प्रावधान थपिएको छ ।
यस्तै औद्योगिक व्यापार मेला सहितको जादु सरकास आदि मनोरन्जनात्मक कार्यक्रम गरेमा भने दैनिक १५ हजार ५ सय सेवा शुल्क र २ हजार रुपैयाँ सरसफाई शुल्क लाग्ने प्रावधान थपिएको छ ।
यस्तै परिषदले विनियोजन ऐन २०७९ मा चालु आर्थिक वर्षको बजेट ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रहेकोमा यसमा थप आम्दानीलाई स्वीकार गर्दै ४ अर्ब ७८ लाख ८३ हजार पुर्याएको छ ।
जसमा सडक बोर्ड तर्फ १ करोड ६५ लाख, आन्तरिक आय तर्फ २ करोड ६० लाख र गत वर्षको नगद मौज्दात ६२ करोड ९० लाख रहेकाले चालु बजेट बृद्धि हुन पुगेको हो ।
संसोधित आर्थिक ऐन प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले काम हुन नसकेका र आवश्यक रहेका केही कार्यक्रमहरुमा बजेट रकमान्तर गरिएको पनि जानकारी दिए ।
यस्तै महानगरपालिकाको आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिको ऐन २०७८ पनि संशोधन गरेको छ ।
नगर परिषदमा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले न्यायिक समितिको प्रतिवेदन पेश गरेका थिए ।
महानगरप्रमुख राजेशमान सिंहको सभाध्यक्षमा भएको परिषदमा पेश भएका प्रतिवेदनहरु सर्वसम्मत पारित भएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds