2024-03-29

Close

अजय मिश्र, कपिलवस्तु, माघ २२ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह सहित बहुसंख्यक व्यक्ति नेपाली कांग्रेस वृहत पार्टी प्रवेश कार्यक्रम मार्फत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् !

कार्यक्रमकाे सभापतित्व नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम, कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन मगर, कार्यक्रममा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य, प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, लुम्बिनी प्रदेश पर्यटन ग्रामीण सहरी विकास राज्यमन्त्री रिना नेपाल, अतिथिहरु कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह रहनुभयो !

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमर सिंहले नगर प्रमुख शाहको पार्टी प्रवेशले कपिलवस्तुमा नेपाली कांग्रेस झन बलियो बनेकाे, सबै प्रवेशिका साथिहरु लाई हार्दिक स्वागत तथा बधाई दिए, लाेकतान्त्रिक पार्टी भनेकाे केवल नेपाली कांग्रेस मात्र हाे, सबैलाई समाबेश गर्ने पार्टी भएकाले सबैलाई समेटेर अगाडि बढिरहेकाले जनताकाे लहर नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् !

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले आफू नगरको विकास मा सधै रहने बताउदै जनताले फेरि आउने चुनावमा मूल्यांकन गर्ने, आफू स्वतंत्र रहेर नगर विकास गर्न खोज्दा विभिन्न तत्वहरू विरोध गर्न लागे पनि आफू जनताको हित अनुसार काम गरिरहने बताउनुभयो !

उक्त पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्ष राम मिलन चौधरी, निर्वाचित वडा सदस्य गिरीराज मिश्रा लगायत अन्य वडा सदस्यहरू, निरभय सिंह, वरुण कुमार सिंह लगायत करिव ५०/५५ जना लाई टीका माला लगाएर प्रमुख अतिथि अमर सिंह पुन मगरले पार्टी प्रवेश गराएकाे भएता पनि हजारौं जनाकाे नाम लिष्ट पार्टी प्रवेश गरिएको सुनाइएको थियो !

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds