2024-04-29

Close

मनोज मोरबैता
जनकपुरधाम । मधेश सरकारका शिक्षा तथा सांस्कृतिक मन्त्री महेश प्रसाद यादवले कमला नदिमा निर्माणधिन झोलुङ्गे पुलको अवलोकन गरेका छ्न ।

शुक्रबार सिरहाको सिरहा नगरपालिका १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६ कठाललाई जोड्न निर्माण भइरहेको सो झोलुङ्गे पुलको मन्त्री यादवले अवलोकन गरेका हुन ।

अवलोकन पश्चात् मन्त्री यादवले मधेस प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल बनेपछि यस क्षेत्रमा उत्पादन हुने तरकारी र दूधको बजारीकरणका साथै पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायमा टेवा पुग्ने उनको बताए । मन्त्री यादवले झोलुङ्गे पुल नजिकै वृक्षरोपणसमेत गरेका छ्न ।

झोलुङ्गे पुल अवलोकन गर्न मन्त्री यादव पुगेपछि स्थानीयहरुले उनको प्रशंसा गरेका हुन ।

सो झोलुङ्गे पुल १ हजार ५ सय १ मिटर लामो र चार फिट चौडाइको रहेको छ ।

सङ्घीय सरकारको २८ करोड लागतमा निर्माण भइरहेको सो पुलको ठेक्का थानी निर्माण सेवा काठमाडौँले पाएको छ । पुल निर्माणको काम माघ दोस्रो सातासम्म सम्पन्न हुने निर्माण कम्पनीका इन्जिनियर विनोद कुमार मण्डलले बताए ।

ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिना अगावै माघ महिनाभित्रै सक्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको उनले बताए । सरकारसँग ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले २०७९ असोज १ गतेदेखि काम सुरु गरेको थियो ।

इन्जिनियर मण्डलले भने, ‘धनुषातर्फको सम्पूर्ण काम सकिएको छ । सिरहातर्फ आर्लने–उक्लने सिडी निर्माणको काम अन्तिम चरणमा छ । केही दिनभित्र सम्पन्न गरेर आवतजावतका लागि बाटो खुला गर्छौँ ।’

पुल सञ्चालनमा आएपछि जनकपुर र सिरहा आवतजावत गर्न वर्षौँदेखिको समस्या हट्ने स्थानीय समाजसेवी नरेश यदवले भने । पुलबाट दैनिक दुवै जिल्लाका पाँच हजार मानिसलाई ओहोरदोहोर गर्न सजिलो हुने बताउँदै उहाँले भन्नुभयो, सिरहाबाट ३५ किलो मिटरको दुरीमा रहेको जनकपुर पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर भएर जानुपर्ने बाध्यता हट्छ ।

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको बहुप्रतिक्षीत कमला पुल उद्घाटनअघि नै भत्किएपछि मानिसलाई आवतजावत गर्न समस्या भएका बेला पुलको विकल्पको रूपमा झोलुङ्गे पुल वरदान साबित हुने सो क्षेत्रका सर्वसाधारणहरुको भनाइ ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds