2024-04-20

Close

कलैया : पाँच दलीय गठबन्धनले गढीमाईमा आयोजना गरेको सभामा सहभागी मध्ये जसपाका कार्यकर्ताहरुलाई खसी ढालेर खाना खुवाइएको छभने अन्य दलका कार्यकर्ताहरु भोकै फर्किएका छन्।

विहीबारको कार्यक्रममा विभिन्न जिल्लाबाट आएका जसपाका नेता कार्यकर्ताहरुका लागि कार्यक्रम स्थलभन्दा एक किल्लो मिटर उत्तरतर्फ जसपाका नेताको घरमा करिब २ कुन्टल खसीको मासु पकाइएको छ। उक्त भोजमा जसपाका सप्तरीका नेताहरु शैलेन्द्र साह, सिरहाका विरेन्द्र महतो, सुरेश मण्डल, सर्लाहीका प्रमोद साह तथा पर्साका नेताहरुको खास मान्छेहरु सहभागी भएका छन्।

गठबन्धनको कार्यक्रममा अन्य दलका कार्यकर्ताहरुलाई बोलाइएपनि उनीहरुलाई भोकै फिर्ता पठाइएकोमा कांग्रेसका कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरे ।

नेपाली कांग्रेस देवतालका महेश प्रसाद यादवले भने,‘गठबन्धनमा हाम्रो पार्टी पनि छ तर चुनावी खर्च पनि जसपाकै कार्यकर्ताहरुलाई जान्छ । आज गढीमाईमा हामीले तेल दिएर मान्छेहरुलाई ल्याएका थियौं तर जसपाबालाहरुले आफ्नो कार्यकर्ताहरुलाई मात्र मासुभात खुवाएर पठाए। हाम्रो कार्यकर्ताहरु भोकै फर्किनु पर्यो।’

यता बारा क्षेत्र नम्बर ४ बाट आएका लोसपा कार्यकर्ताहरुले पनि आफूहरुलाई बोकै फिर्ता पठाइएको भन्दै असन्तुष्टी व्यक्त गरे।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds