2024-04-29

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले रामजानकी मटकोरको डोलालाई स्वागत गर्दै धन्य महसुस भएको बताए ।

शनिबार जनकपुरधामबाट शहिदनगर नगरपालिकाको बाटो भएर कमला नदीसम्म डोला प्रस्थान गरेको बेला शहिदनगरमा भव्य स्वागत गर्दै मेयर यादवले आर्शिवाद थाप्दा धन्य महसुस भएको बताए ।

उनले सनातन धर्मको सौन्दर्यता र मनभित्रको खुसी खोज्न बाहिर जानुपर्ने आवश्यकता नै नरहेको बताउँदै प्रत्येक बर्ष रामजानकीको डोलालाई स्वागत गर्न आतुर रहेको बताए ।

शँकारार्च महाराजलाई स्वागतसहित आशिर्वाद लिन घण्टौ कुरेका मेयर यादवले नगरपालिका र नगरवासीको तर्फबाट साधुसन्तहरुलाई स्वागत गरे । उनले कमला नदीसम्म रामजानकी डोलाको पछिपछि नारा लगाउँदै गएको बताए ।

हिन्दु सम्राट सेनाले निकालेको शोभायात्रा र रैलीमा समेत सहभागी जनाएका मेयर यादवले कमला बचाउ अभियानको अभियन्ताहरुप्रति धन्यवाद ज्ञापन गरे । उनले अर्को बर्ष समेत सोही बाटो भएर मटकोर गर्न आउन दिन आग्रह गरे ।

कमला नदीमा मटकोर विधि गर्न गएको कृतिम सजाइएको रामजानकी र सयौँ साधुसन्तहरुको लस्करलाई मेयर यादवले यदुकूहादेखि नै स्वागत गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds