2024-04-19

Close

जनकपुरधाम । जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बहरिया नेताहरुलाई मात्र मञ्च दिइएको भन्दै विवाद भएको छ ।

बारा जिल्लाको बरियापुरस्थित गढीमाईको प्रांगणमा आयोजित गठबन्धनको सभामा मञ्चमा आसन ग्रहण गराइएका सबै नेताहरु बारा क्षेत्र नम्बर २ भन्दा बाहरिको मात्र रहेको भन्दै विवाद भएको हो ।

गठबन्धनभित्रका स्थानीय नेताहरुले सभामा आफूहरुलाई कुनै पनि स्थान नदिइएको भन्दै विरोध गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपाका बारा २ का नेताहरुले आफूहरुलाई अपमानित गरिएको भन्दै कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।

नेपाली कांग्रेस करैया माईबाट आएको एउटा समूहले आफ्नो स्थानीय नेताहरुलाई मञ्चाशन नगराइएको भन्दै कार्यक्रम सुरु हुनासाथ बाहिरिएको थियो।

‘हामीलाई कार्यक्रममा बोलाएर अपमानित गरियो।’ नेपाली कांग्रेस बाराका एक पदाधिकारीले भने,‘जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन गरेर हाम्रो संगठन सिध्याउन लागेकै छ। कार्यक्रममा बोलाएर हाम्रो इजत प्रतिष्ठा पनि लिए।’

यता लोसपाको बारा क्षेत्र नम्बर २ का नेताहरुले पनि असन्तुष्टि व्यक्त गरे । क्षेत्र नम्बर २ भन्दा बाहिरका जितेन्द्र सोनललाई कार्यक्रममा स्थान दिइएको तर यहाँका नेताहरुलाई स्थान नदिइएको भन्दै विवाद सुरु भएको छ ।

उपेन्द्र यादवको पक्षमा गरिएको उक्त सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको उपस्थिति रहेको थियो।

बारा २ मा जनमत पार्टीले जित्ने विभिन्न सर्वेक्षणहरुले देखाएपछि हतासिएका उपेन्द्र यादवले प्रधानमन्त्रीसहित दुई जना पूर्वप्रधानमन्त्रीहरुलाई बारा बोलाएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds